सिन्धुली– सिन्धुलीमा दशैँ नजिकिएसँगै सवारी चेकजाँचमा कडाइ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी सिन्धुलीले जिल्लाका विभिन्न नाकामा सवारी चेकजाँचमा कडाइ गरेको हो ।
चाडवर्पमा सवारीको चाप बढेसँगै दुर्घटना हुने जोखिम समेत बढेकाले चेकजाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख जे जंग कार्कीले बताउनुभयो । उहाँका अनुसार सिन्धुलीभित्र चल्ने तथा सिन्धुली हुदैँ चल्ने सवारी साधनको चेकजाँचमा कडाई गरिएको छ । विपि राजमार्ग अन्तर्गत सिन्धुलीको विभिन्न स्थानमा सवारी चालकको स्वास्थ्य परिक्षण पनि गरिएको छ । दुर्घट्ना न्यूनीकरणको लागि सडकमै स्वास्थ्य शिविर राखेर राजमार्गमा गुड्ने विभिन्न सवारीसाधनका सवारीचालक र सह–चालकलाई निःशुल्क रुपमा स्वास्थ्य परिक्षण गरिएको प्रमुख कार्कीले बताउनुभयो । दुर्घट्ना न्यूनीकरणमा चालकको स्वास्थ्य पनि महत्वपूर्ण रहेकाले चालक र सह–चालकको शारारिक तथा मानसिक चेकजाँच गरेर औषधी पनि वितरण गरिएकोे छ । आँखाको कमजोरीका कारण हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरी कार्यालयले आँखाको समेत जाँच गरेका छ । लामो दूरीका सवारीसाधन र मालवाहक ट्रकका कारण धेरै दुर्घट्ना हुने गरेकाले सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको कार्कीले बताउनुभयो । साथै राजमार्ग नजिक दुर्घट्ना सम्भावित क्षेत्रको जानकारी गराउदै ‘सावधान ! दुर्घटना सम्भावित क्षेत्र, गति समिति गरौँ’ लेखिएको साइन बोर्ड राखिएको छ ।
यस्तै, ट्राफिक नियमको पालना नगर्ने सवारी साधनलाई जरिवाना समेत गरिएको कार्कीले बताउनुभयो । साउन र भदौमा ट्राफिक नियम विपरित चलेका ५ हजार दुई सय सवारी साधन कारबाहि गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार साउनमा मात्रै ट्राफिक नियम विपरित चलेका २ हजार ४ सय ५० सवारी साधन कारबाहिमा परेका छन् । उक्त सवारी साधन कारबाहिबाट २४ लाख ३१ हजार रुपैँया राजश्व संकलन भएको छ । साउन महिनामा सबै भन्दा बढी ट्रक, जिप, कार, बस र मोटसाइकल कारबाहिमा परेको कार्कीले जानकारी दिनुभयो । ५ सय १० वटा ट्रक कारबाहिबाट ५ लाख २८ हजार राजस्व संकलन भएको छ । यस्तै, ३ सय २६ बस कारबाहि गर्दा ३ लाख १७ हजार ५ सय, ६ सय १५जिप कार कारबाहिबाट ६ लाख १५ हजार ५ सय, १७० ट्याक्टर कारबाहिबाट १ लाख ५७ हजार, मोटसाइकल, स्कुटर कारबाहिबाट ५ लाख ८३ हजार ५ सय, २३५ अटो लगाएत अन्य कारबाहिबाट २ लाख २९ हजार ५ सय राजस्व संकलन भएको छ ।
भदौ महिनामा २ हजार ७ सय ५० सवारी साधन कारबाहिमा परेका छन् । उक्त सवारी कारबाहिबाट भदौ महिनामा २९ लाख ३० हजार ५ सय राजस्व संकलन भएको कार्किले बताउनुभयो । सो महिनामा ४७२ ट्रक कारबाहिबाट ५ लाख २२ हजार राजस्व संकलन भएको छ । यस्तै, ३८४ बस कारबाहि गर्दा ४ लाख १२ हजार, ७०९ जिप कार कारबाहिबाट ७ लाख ६६ हजार ५ सय, १९० ट्रयाक्टर कारबाहिबाट १ लाख ८५ हजार, मोटसाइकल, स्कुटर कारबाहिबाट ७ लाख २३ हजार ५ सय र ३२१ अटो कारबाहिबाट ३ लाख २१ हजार ५ सय राजस्व संकलन भएको कार्किले जानकारी दिनुभयो ।