सिन्धुली– डेंगु संक्रमणबाट सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्यांकक अनुसार जिल्लामा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको हो । हाल सम्म जिल्लामा ९७ जनामा डेंगु संक्रमण देखिएको छ । यस्तै बागमती प्रदेशमा डेंगु संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । डेंगुबाट सिन्धुलीमा एक, काठमाडौँमा चार, ललितपुरमा दुई , सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक र धादिङमा एक जनाको मृत्यु भएको छ । यसैगरी, प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेंगुको बिरामी फेला परेका छन् । ती सबैभन्दा धेरै ललितपुर जिल्लामा चार हजार आठ सय ७८ मा डेंगुका बिरामी फेला परेका छन् । यसैगरी, काठमाडौँमा चार हजार छ सय ७४, मकवानपुरमा एक हजार आउ सय १०, भक्तपुरमा सात सय १३, चितवनमा चार सय २९ र धादिङमा तीन सय ९९ जना डेंगुको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।