सिन्धुली –कमलामाई नगरपालिकामा रेविज संक्रमित कुकुरको आतंक बढेको छ । नगरपालिकाको वडा नम्बर ४ र ६ नम्बरमा कुकुरले टोकेको खबर आएकाले सचेत रहन नगरपालिकाले एक सुचनामार्फत आग्रह गरेको छ ।
“कमलामाई नगरपालिकाको वडा नम्बर ४ र ६ नम्बर क्षेत्रमा कुुकुरले टोकेको खबर नागरिकबाट आएको र उक्ता कुकर रेविज संक्रमित भएको आकंलन गरिएको छ ।” सुचनामा भनिएको छ । यस्ता कुकुर देखिएमा नगरपालिकामा सम्र्पक गर्न अनुरोध गरिएको छ । साथै सम्पूर्ण नागरिकलाई सचेत हुन समेत आग्रह गरिएको छ ।