सिन्धुली – सिन्धुलीमा २ हजार भन्दा बढी मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनपछि सञ्चालन गरिएको मतदाता नामावली संकलन अभियानबाट जिल्लामा २ हजार ३३ जना मतदाता थपिएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका अनुसार ५ सय ६६ महिला र १ हजार ४ सय ६८ पुरुष मतदाता थपिएका हुन् । जिल्लामा कूल मतदाताको संख्या २ लाख ८ हजार ३ सय ६९ रहेको छ । जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले असार र साउन महिनामा ४ हजार २ सय ३३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको थियो ।
जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले गत असार १ गतेदेखि यही साउन १९ गतेसम्म गरेको मतदाता नामावली संकलन तथा अद्यावधिक अभियानमा विभिन्न बाह्य जिल्लाबाट आएका र जिल्लाका स्थायी बासिन्दा गरी सो संख्यामा मतदाता नामावलीमा नाम दर्ता गरेको जिल्ला निर्वाचन कार्यालयका सिन्धुलीका सुचना अधिकारी गिता दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार १६ वर्ष देखि माथि उमेरका नागरिकको नाम दर्ता गरिएको थियो ।
निर्वाचन आयोगबाट २ हजार ३३ रुजु भएर अन्तिम मतदाता नामावली आएको हो । दुई चरणमा सम्पन्न गरेको मतदाता नामावली संकलन १७ मंसिरदेखि १९ पुससम्म सञ्चालन भएको थियो । पहिलो चरणको मंसिर १७ गतेदेखि २६ गतेसम्म र दोस्रो चरणको मंसिर २९ देखि पुस ९ सम्म मतदाता नामावली संकलन अभियान सञ्चालन भएको थियो ।
यस्तै मतदान केन्द्र मज गरिएको छ । जिल्लामा स्थानिय तह निर्वाचनमा २ सय ६८ मतदान केन्द्र रहेको थिए । हाल मज गरि दुइ सय ६७ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालय जनाएको छ । मतदान स्थल भने बढेको छ । स्थानिय तह निर्वाचनमा १ सय ४४ मतदान स्थल रहेकोमा हाल १ सय ५१ कायम गरिएको छ । यसअघि सिन्धुलीमा पुरुष १ लाख ५ हजार ९ सय ४२, महिला १ लाख ३ सय ९३ र तेस्रो लिङ्गी एक गरि कूल दुइ लाख ६ हजार ३ सय ३६ मतदाता थिए ।
अन्तिम मतदाता नामवाली आएसँगै जिल्लामा चुनावी माहोल बढेको छ । सबै पार्टीका नेता तथा कार्यकता आफ्नो पक्षलाई जिताउन विभिन्न सामाजिक काम गरेर नागरिकको मन जित्ने प्रयास गरिरहेका छन् । साथै संगठन विस्तार लगाएत टोलटोलमा पुगेर पाटिका एजेण्डा नागरिकलाई जानकारी गराइरहेका छन् ।