सिन्धुली– मरिण गाउँपालिका वडा नम्बर ६ को कपिलाकोटमा ११ के भि बिधुत प्रसारण लाइनको आइतवार प्रसारण गरिएको छ । मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानले कपिलाकोटमा ११ के भि बिधुत प्रसारण लाइनको उदघाटन गर्नुभएको छे ।
गत आर्थिक बर्षको वडाको २ लाख बजेटमा ११ के भि बिधुत प्रसारण लाइनको शुभारम्भ गरिएको वडा अध्यक्ष मोक्तानले बताउनु भयो ।
वडा नम्बर ६ को कपिलाकोट डाँडाँ र कमौडिमा आइतवरबटै मिटर जडान गरी विधुत प्रसारण भएको छ भने चन्दुली आपडाँडाँ,बाँजेडाँडा लगायतका ठाउँमा भने मर्मत कार्य भइरहेको मोक्तानले जानकारी दिनुभयो ।
मरिण गाउँपालिका वडा नम्बर ६ को आयोजना तथा ६ नम्बर वडा बिधुत उपभोक्ता समितीको समन्वयमा ६ नम्बर वडाका अध्यक्ष हर्कबिर माझीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान,प्रमुख प्रसासकीय अधिकृत ओम दर्जी लगायतको उपस्थिती रहेको थियो ।