सिन्धुली, - सिन्धुलीको भिमानमा भन्सार छलेर ल्याईएको ठुलो परिमाणमा भारतीय माछा बरामद गरिएको छ । बागमती प्रदेश सरकार र नेपाल मत्स्य व्यवसायी संघ चितवनको समन्वयमा गरिएको अनुगमनको क्रममा सिन्धुलीको भिमान प्रहरीचेक पोष्टबाट भन्सार छलेर भारतबाट ल्याइएको २ हजार ३८ केजी माछा बरामद भएको नेपाल मत्स्य व्यवसायी संघ चितवनका सचिव नेत्र आले मगरले जानकारी दिनुभयो ।
सर्लाहीको भुषण एग्रो टेक प्रा.लीको बिल राखेर अवैधानिक रुपमा भन्सार छलेर भारतीय माछा ल्याएको पाईएको उहाँको भनाई छ । भारतीय माछाको नेपाली बिल र भेटेरीनरी प्रमाणपत्र बनाएर काठमाडौं लैजान लागिएको अवस्थामा बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।
बामगती प्रदेश सरकार र नेपाल मत्स्य व्यवसायी संघ चितवनको समन्वयमा अबैधानिक र अस्वस्थ भारतीय माछा नियन्त्रणका लागि चितवनको रामनगर, मकवानपुरको रातमाटे र सिन्धुलीको भिमानमा चेकपोष्ट राखेर शनिवार देखि अनुगमन सुरु गरिएको उहाँले बताउनुभयो ।
अस्वस्थकर विदेशी माछाको नियन्त्रण, भन्सार छलि रोकथाम गर्न र नेपालमै उत्पादित माछाको प्रबद्र्धन गर्न अनुगमन गरिएको उहाँले बताउनुभयो ।
अनुगमनमा शसस्त्र प्रहरी र नेपाल प्रहरीसँग पनि समन्वय गरिएको उहाँको भनाई छ ।