शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा तीन जना खसी चोर पक्राउ

आइतवार , आश्विन २, २०७९

सिन्धुली, – जिल्ला प्रहरी कार्यालय सिन्धुली र सामुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीबाट खटिएको प्रहरी टोलीले तीन जना खसी चोर पक्राउ गरेको छ । प्रहरीले शनिवार सिन्धुलीको खसी बजारमा खसी बेच्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कमलामाई नगरपालिका ८ निवासी २१ वर्षीय सुरेन्द्र घलान, २७ वर्षीय राम बहादुर वाइबा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरीक्षक हरिकृष्ण के.सी.ले जानकारी दिनुभयो । प्रहरीले एक जना खसी चोरको नाम भने सार्वजनिक गर्न चाहेको छैन ।

भदौ ३१ गते कमलामाई नगरपालिका ५ सिलामेको जंगलमा खसी चराउन लगेका शंकर श्रेष्ठका ३ वटा खसी हराएका थिए । खसी खोजतलास गर्ने क्रममा शनिबारे हाटमा खसी बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारी तिनै जनालाई ३ वटा खसी सहित नियन्त्रणमा लिइएको छ । उनीहरूलाई सिन्धुली जिल्ला अदालत सिन्धुलीमा पेस गरी ५ दिन म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया