शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

व्यवहारिक शिक्षा आजको आवश्यकता : मेयर पोखरेल

शनिवार , आश्विन १, २०७९

सिन्धुली, – कमलामाई नगरपालिकाकामा “विज्ञान र प्रविधिमा लगानीको विस्तारः समुन्नती र समृद्धिको आधार” भन्ने मूल नाराका साथ आज एक कार्यक्रम गरी १० औँ राष्ट्रिय विज्ञान दिवस मनाईएको छ ।कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा दिवस मनाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले नवप्रवर्तन क्रियाकलापहरुले बालबालिकाको शिर्जनशीलता र क्षमता वृद्धि विकासमा ठूलो टेवा पुर्‍याउने वताउनुभयो ।

गर्दै उहाँले विज्ञान प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले विज्ञान प्रविधिलाई जसले राम्रोसँग आत्मसाथ गर्न सकेका राष्ट्र विकसित भएको बताउनु हुँदै विज्ञान प्रविधिलाई आत्मसाथ नगर्ने राष्ट्रको विकास हुन नसक्ने उहाँको दाबी रहेको थियो । उहाँले बोल्दै भन्नुभयो, ‘विज्ञान प्रविधिले समाजवादतिर लैजान्छ । यसलाई आत्मसाथ गर्नु मुख्य विषय हो ।’

त्यस्तै विज्ञानका पिता ग्यालिलियो ग्यालिली, अल्वर्ट आइन्सटाईन, सर आइज्याक न्युटन जस्ता विश्वका महान वैज्ञानिकहरुको खोज तथा अनुसन्धान र सिद्धान्तले भौतिक विज्ञान र आधुनिक युगको स्थापना भएको उल्लेख गर्दै उहाँले विद्यार्थीहरुलाई खोज तथा अनुसन्धानमा लाग्न प्रेरित गर्न व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको वताउनु भयो ।

िकार्यक्रमको अवसरमा विभिन्न सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागीतामा निवन्ध प्रतियोगिता र नवप्रवर्तन निर्माण प्रतियोगिता आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न स्थान हासिल गर्न सफल भएका विद्यालयहरुलाई नगद पुरस्कार राशी, प्रमाण पत्र र शिल्डहरुको प्रदान गरिएको छ ।

निवन्ध प्रतियोगितमा श्री कालिका मा.वि. धमिले जरायोटार प्रथम, जनज्योति मा.वि. फोस्रेटार द्धितीय, शिद्धस्थली अंग्रेजी मा वि, माढीवजार तृतीय र कमला जनज्योति मा.वि. सिलामेले सान्त्वना स्थान हासिल गरेको छ ।

निवन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यालयलाई नगद छ हजार द्धितीय स्थान हासिल गर्ने विद्यालयलाई चार हजार तृतीय स्थान हासिल गर्ने विद्यालयलाई तिन हजार सान्त्वना स्थान हासिल गर्ने विद्यालयलाई दुई हजार र अन्य सम्पूर्ण सहभागी विद्यालयहरुलाई दुई÷ दुई हजार र प्रमाणपत्र प्रादान गरेको छ ।

त्यस्तै नवप्रवर्तन निर्माण प्रतियोगितमा शिद्धस्थली अंगे्रजी आवसीय मा.वि. माढीवजार प्रथम, शिद्धबाबा मा. वि पानीट्यांकी द्धितीय, गौमती मा.वि. माढीवजार तृतीय र प्रभात मा.वि. रानीवासले सान्त्वना स्थान हासिल गरेको छ ।

नवप्रवर्तन निर्माण प्रतियोगितमा प्रथम स्थान हासिल गर्ने विद्यालयले नगद रु दश हजार द्धितीय स्थान हासिल गर्ने विद्यालयले ८ हजार तृतीय स्थान हासिल गर्ने विद्यालयले छ हजार सान्त्वना स्थान हासिल गर्ने विद्यालयले चार हजार र अन्य सम्पूर्ण सहभागी विद्यालयहरुले २ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतिक्रिया