शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सुनकोशीमा स्यानिटरी प्याड व्यवस्थापन मेसिन र स्तनपान कक्ष संचालन

शनिवार , आश्विन १, २०७९

सिन्धुली – सुनकोशी गाउँपालिकामा स्यानिटरी प्याड व्यवस्थापन सेसिन र स्तनपान कक्ष संचालनमा आएको छ । गाउँपालिकाको अध्यक्ष दिपा दाहालले शुक्रबार एक औपचारिक कार्यक्रम गरेर कार्यालयमा स्यानिटरी प्याड व्यवस्थापन मेसिन तथा स्तनपान कक्षको उद्घाटन गर्नुभएको हो ।

गाउँपालिकामा भएका महिला कर्मचारी सहित पालिकामा आउने महिला सेवाग्राहीलाई अप्ठ्यारो महसुस नहोस् भन्ने उदेश्यले स्यानिटरी प्याड व्यवस्थापन मेसिन तथा स्तनपान कक्ष संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष दाहालले बताउनुभयो । महिलाले महिनावारिमा प्रयोग गरिने सेनिटरी प्याड डिस्पोजल र सुत्केरी महिलाले बच्चालाई स्तनपान गराउन सजिलो हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दिपा दाहाल, उपाध्यक्ष कपिल कुमार कोइराला ,प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया