शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा एकैदिन पाँच फरार प्रतिवादी पक्राउ

शनिवार , आश्विन १, २०७९

सिन्धुली – सिन्धुलीमा प्रहरीले पाँच फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न मुद्धामा फैसला भइसकेको तर फरार रहेका पाँच प्रतिवादी पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिभिन्न घट्नाहरुमा मुद्धा दर्ता भई अदालतबाट जरिवाना तथा कैद फैसला भएका र पक्राउ पुर्जी जारी भई हाल सम्म फरार भई लुकीछिपि बसेका पाँच प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसिले बताउनुभयो ।

गत भदौ २३ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले कमलामाई नगरपालिका ५ का ५५ वर्षिय खिल बहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । चेक अनादर मुद्धामा अदालतबाट ०७८ असोज १३ गते पक्राउ पुर्जि जारी भएकोमा हाल सम्म फरार रही लुकिछिपी बसेको अबस्थामा श्रेष्ठलाई घर नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै गत भदौ २४ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले तिनपाटन गाउपालिका १० का २५ वर्षिय दिपक तामाङलाई पक्राउ गरेको छ । बिना ईजाजत काठ ओसारपसार मुद्धामा अदालतबाट ०७८ चैत १० गतेको फैसलाले १६ दिनको कैद सँजाय फैसला भई हाल सम्म फरार रही लुकिछिपी हिड्दै हरेको अबस्थामा सिन्धुलीमाढीको बसपार्कबाट पक्राउ गरीएको हो ।

भदौ २६ गते प्रहरीले तिनपाटन गाउपालिका ११ का ३५ वर्षिय भोज बहादुर मगरलाई पक्राउ गरेको छ । बिना ईजाजत काठ ओसारपसार मुद्धामा अदालतबाट ०७८ फागुन १० गतेको फैसलाले १६ दिन कैद सँजाय फैसला भई हाल सम्म फरार रही लुकिछिपी हिड्दै हरेको अबस्थामा बसपार्कबाट पक्राउ गरेको हो ।

यस्तै, भदौ २७ गते प्रहरीले कमलामाई नगरपालिका.–८ का ५९ वर्षकि बुध्दीमाया पाख्रिनलाई पक्राउ गरेको छ । किर्ते जालसाक्षी मुद्धामा अदालतबाट ०६४ बैशाख १३ गते फैसला भई हाल सम्म फरार रही लुकिछिपी हिड्दै हरेको अबस्थामा सिन्धुलीमाढीको बसपार्कबाट पक्राउ गरिएको थियो ।

सूक्रबार प्रहरी टोलीले जिल्ला सिन्धुली गोलन्जोर गाउँपालिका.–५ का ३५ वर्षिय भिम बहादुर थापालाई पक्राउ गरेको छ । लागुऔषध मुद्धामा अदालतबाट ०७२ चैत २६ गते फैसला भई हाल सम्म फरार रही लुकिछिपी बसेको अबस्थामा थापाको घर नजिकबाट पक्राउ गरिएको प्रनाउ केसिले जानकारी दिनुभयो ।

प्रतिक्रिया