शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको बस्तीमा बाघ पसेपछि स्थानिय त्रसित

शुक्रवार , भाद्र ३१, २०७९

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा पाटेबाघले घरपालुवा जनावर खान थालेपछि स्थानिय त्रसित भएका छन् । गाउँपालिकाको २ र ३ नम्बर वडाका जंगल आसपासका क्षेत्रमा पाटेबाघले बाख्रा र कुकुर खाएको स्थानियले बताएका छन् ।

पाटेबाघले आफूले पालेको कुकुर समेत मारेको २ नम्बर वडाका वडाध्यक्ष दौलत कार्कीले बताउनुभयो । केहिदिन यता चारवटा वयस्क बाघहरु जंगल आसपासको गाउँमा पसेरे घरपालुवा जनावरहरु खाएको उहाँले बताउनुभयो । बुधबार ३ नम्बर वडास्थित तिनमानेमा जिवन घिमिरेले पालेको चारवटा बाख्रा बाघले खाएको कार्कीले बताउनुभयो । त्यस्तै, बिहिबार २ नम्बर वडामा प्रकाश कार्कीले पालेको दुईवटा बाख्रा बाघले खाएको कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘दिउँसोको समयमा वस्तिकै आसपास क्षेत्रमा बाघ घुम्ने गरेको छ । चारवटा वयस्क बाघ घर आसपासका क्षेत्रमा घुमिरहेको छ ।’ कार्कीका अनुसार बाघ आक्रमक रहेको र मान्छेसँगपनि नडराई वस्तिमा पसेको छ । विगतमा सो क्षेत्रमा चितुवा देखिएपनि अहिले बाघ नदेखिएको उहाँले बताउनुभयो । हालसम्म बाघले धेरै खसि, बाख्रा खाएको कार्कीले भन्नुभयो । उहाँले स्थानियलाई सचेत र सुरक्षित रहन आग्रह गर्नुभएको छ । मानिससँग डराएर नभाग्ने स्वभाव देखिएको र खुल्ला ठाउमा बस्ने गरेको पाइएको कार्की बताउनुहुन्छ ।

मानविय क्षती हुन नदिन स्थानियलाई वनजंगलमा घाँस दाउरा तथा वस्तुभाउ चराउन लैजादा सचेत रहन अधक्ष्य कार्कीले आग्रह गर्नुभएको छ । साथै, बनजंगलको आसपासका क्षेत्र र घरमै पनि बालबालिकालाई एक्लै नछाडन कार्कीले आग्रह गर्नुभएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया