शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

भिमान शिक्षालय जोड्ने लच्काको तारजाली र कुलो मर्मत(भिडियो सहित)

शुक्रवार , भाद्र ३१, २०७९

सिन्धुली – कमलामाई नगरपालिका ९ भिमान शिक्षालय जोड्ने लच्काको तारजाली र कुलो मर्मत गरिएको छ । विहिबार नगरपालिकाका मेयर उपेन्द्र पोखरेलको नेतृत्वमा बाढीले क्षतविक्षत गरेको तारजाली र कुलो मर्मत गरिएको हो ।

केहि दिन अगाडि आएको बाढीले शिक्षालय जोड्दे लच्काको तारजाली र कुलो भत्काएको थियो । तारजाली र कुलो क्षतविक्षत भएपनि भिमान बजार ढुवानको जोखिममा परेको स्थानियले बताएका छन् । “ठुलो पानी पर्ने वित्तिकै खोला बजारमा आउछ भन्ने चिन्ता थियो, तारजाली र कुलो नहुदाँ बाढी बजारमा पस्थ्यो । रातको समयमा पानी पर्दा घर छोड्नु पर्ने बाध्यता थियो ,” एक स्थानियले भने, “अब ढुक्क भएको छ । तारजाली र कुलो निर्माण भएसँगै केहि राहत भएको छ ।”

नगरपालिकाका मेयर पोखरेलले सो क्षेत्रमा तारजाली भर्न श्रमदानको नेतृत्व गर्न दिनभर श्रम गर्नुभएको छ । नगरपालिकाबाट २० वटा तारजाली लगिएको थियो ।

https://www.facebook.com/100002544396170/videos/pcb.5402156709879089/1072522643451248

अनिल भण्डारीको फेसबुक पेजबाट

प्रतिक्रिया