सिन्धुली – सिन्धुलीमा विभिन्न कार्यक्रम गरेर बालदिवस मनाइएको छ । ५८ अौं अन्तर्राष्ट्रिय बालदिवस जिल्लाका स्थानिय तह साथै संघसंस्थाले विभिन्न कार्यक्रम गरेर मनाएका हुन् ।
राष्ट्रिय बाल दिवसको अवसरमा मरिण गाउँपालिकाले अन्तर बिद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ । मरिण गाउँपालिकाका अध्यक्ष विमर्स मुक्तानको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष विमला माझी र प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीको आतिथ्यतामा कार्यक्रम संचालन गरिएको हो । हाजिरी जवाफ प्रतियोगितामा आधारभूत विद्यालय देउराली प्रथम, कपिलाकोट माध्यमिक विद्यालय छाप द्धितिय र नवज्योति आधारभूत विद्यालय धमिलेले तृतिय स्थान हासिल गरेको मरिण गाउँपालिकाले जनाएको छ ।
यस्तै, सुनकोशी गाउँपालिकामा पनि बिभिन्न कार्यक्रम गरि बाल दिवस मनाइएको छ । दिवसको अबसरमा मा.बि स्तरीय कक्षा ९ देखी १० सम्म बक्तित्वकला प्रतियोगीता र आधारभूत बिद्यालय स्तरीय कक्षा ६ देखी ८ सम्म निबन्ध लेखन प्रतियोगीता आयोजना गरिएको थियो । सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालको प्रमुख आतिथ्यता, सुनकोशी गाउँपालिका उपाध्यक्ष कपिल कुमार कोइरालाको अध्यक्षता, सुनकोशी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जिको बिशिष्ठ आतिथ्यता, सुनकोशी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजना,साबिका सिन्धुलीको आर्थिक सहयोगमा कार्यक्रम भएको थियो ।
सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालको प्रमुख आतिथ्यता, सुनकोशी गाउँपालिका उपाध्यक्ष कपिल कुमार कोइरालाको अध्यक्षता, सुनकोशी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीको बिशिष्ठ आतिथ्यता, सुनकोशी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजना,साबिका सिन्धुलीको आर्थिक सहयोगमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा मा.वि स्तरीय बक्तृत्वकला प्रतियोगीता र आधारभूत बिद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगीतामा सुनकोशी गाउँपालिकाका १८ ओटा बिद्यालयको सहभागिता रहेको थियो । निबन्ध लेखन प्रतियोगीतामा भाग लिने ३४ जना र बक्तित्वकला प्रतियोगीतामा भाग लिने १६ जना गरि जम्मा ५२ जना बिद्यार्थी सहभागी भएका थिए । बक्तित्वकलामा ज्वालादेबी मा.बि वालुवाकी सुनिमा दोङ प्रथम, ग्रामकाली मा.विकी डम्मर कुमारी अधिकारी द्धितिय, कुशेश्वर बिद्यापीठ मा.बि.की मुक्ता योन्जन तृतिय, पञ्चकन्या मा.बि कोठगाउँकी रीता बुर्जाले सान्त्वना स्थान हासिल गर्नु भएको छ ।
यस्तै निबन्ध लेखन तर्फ कुशेश्वर बिद्यापीठ मा.वि की सजिना श्रेष्ठ प्रथम, ज्वालादेबी मा.बिकी सम्झना प्रसाइ द्धितिय, पशुपति आधारभूत बिद्यालयकी रुबिना श्रेष्ठ तृतिय र ज्वालादेबी मा.बिका निश्चल मग्रातीले सान्त्वना ् । कार्यक्रममा सुनकोशी गाउँपालिका महिला तथा बालबालिका शाखाद्धारा आमा बाबु बिहिन दुई बालक लाई झोला र केही स्टेशनरी सामान सहयोग गरेको छ ।
कार्यक्रममा बोल्दै सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले संबिधानमा उल्लेखित बालबालिका सम्बन्धी अधिकार बारे अहिलेका बालबालिका जानकार रहेको र सुनकोशी गाउँपालिकामा बाल संरक्षण निती निर्माण गर्दा बालबालिकाको योगदान प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
सुनकोशी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीले अझै बिद्यालयहरुकोसत्रौ शताब्दीको जस्तै चरित्र रहेको र सुधार गर्नुपर्ने बोध भएको र बिद्यालयमा सानो समस्याले पनि बालबालिकाले धेरै सास्ती भोग्नु परेको अनुगमनमा पाएको बताउनुभयो ।
सुनकोशी गाउँपालिका शिक्षा शाखा प्रमुख ओम गौतमले स्वागत मन्तव्य राख्नुहुदै अबको पुस्ता हामी भन्दा धेरै स्मार्ट पुस्ता बनाउनुपर्ने र स्मार्ट पुस्तालाई अब आउने समयमा सुनकोशी गाउँपालिकाको बिभिन्न नेतृत्वदायी भुमिकामा राख्नुुपर्ने बताउनुभयो ।