शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीका तिन शिक्षक भिड्दै

बुधवार , भाद्र २९, २०७९

सिन्धुली– एकीकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुलीको असोज १ र २ गते हुने छैठौँ अधिवेशनमा अध्यक्ष पदका लागी तिन जनाले दावी गर्न थालेका छन् । उनीहरुले आफु नजिक रहेका शिक्षकहरुसँग अध्यक्षको लागी लविंग गरि रहेका छन् । अध्यक्ष दावी गर्ने तिन जना शिक्षकहरुमा वरुणदेवी उमावि खट्टारका शिक्षक सन्तोष श्रेष्ठ, उमावि गुठवजारका शिक्षक कविन्द्र गौतम र उमावि गौमतीका शिक्षक अमृत घिसिङ्ग रहनु भएको छ ।

आफुसँगै अध्यक्ष दावी गर्ने तिन जना साथीहरु भन्दा आफु सिनियर भएकोले अध्यक्ष दावी गर्नु स्वभाविक भएको अध्यक्षका दावेदार सन्तोष श्रेष्ठको भनाई छ । यस्तै कविन्द्र गौतमले आफु लामो समयदेखी माओवादी आन्दोलसँग जोडीएर जेलनेल भोगेको व्यक्ती भएको कारण शिक्षक साथीहरुले अध्यक्षमा अवश्य प्रस्ताव गर्ने वताउनु भयो । अमृत घिसिङ्गले पनि अन्य साथीहरुको जस्तै हैसीयत भएकोले मलाई साथीहरुले अध्यक्षमा उठ्न सुझाव दिएको वताउनु भयो । संगठनमा वसेर महत्वपुर्ण जिम्मेवारी सफलता पुर्वक पुरा गरी सकेको कारणले पनि अध्यक्षको दावी गर्नु स्वभावीक भएको घिसिङ्गको भनाई छ ।

अधिवेशनको असोज १ गते माओवादी केन्द्रका उपमहासचिव हरोबोल गजुरेलले उदघाटन गर्नुहुने कार्यक्रम रहेको एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सचिव कबिन्द्र गौतमले जानकारी दिए । सो अधिवेशनमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष शंकर अधिकारी, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन) माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष सरल सहयात्री लगायत बिशिष्ट अतिथिको उपस्थीती रहने गौतमले वताउनु भयो ।

प्रतिक्रिया