शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा नास्पातीले मूल्य पाउदा किसान दंग

मंगलवार , भाद्र २८, २०७९

सिन्धुली,– बिगतका बर्षमा कुहिएर जाने नास्पातीले यो बर्ष राम्रो मूल्य पाउदा किसान दङग परेका छन् ।यो बर्ष नास्पाती खोज्दै ब्यापारी किसानको घर घरमा पुगि रहेका स्थानीयले बताएका छन् । बिगतका बर्षमा नास्पाती बिक्री नभएर आम्दानी लिन नपाएको गुनासो गर्ने किसानले यो बर्ष कम्तीमा पनि ३०/३५ हजार रुपैया एकमुष्ट आम्दानी लिएका छन् ।

गोलन्जोर गाँउपालिका–५ रतनचुरा निबासी रुद्रबहादुर ठाडामगरले आफुले यो बर्ष नास्पाती बेचेर ३० हजार रुपैया आम्दानी लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बिगत बर्षममा झरेर र कुहिएर सकिन्थ्यो । यो बर्ष बेलैमा ब्यापारी घरमा आएर बोटै हाने । ढुक्क भयो ।”

जिल्लामा तीनकन्या, जलकन्या, वाशेश्वर, मझुवा, रतनचुरा, तोश्रामखोला र बाहुन्तील्पुङ् लगाएत डेढ दर्जनभन्दा बढी ठाँउमा नास्पातीको राम्रो उत्पादन हुन्छ । अहिले गाँउ–गाउमा कृषि सडक निर्माण भएकाले किसानलाई नास्पाती लगायतको अन्य फलफुल र तरकारी बिक्रि गर्न सजिलो भएको छ ।

स्थानीयका अनुसार प्रायः सबैको बगैंचामा दुई÷चार वटा नास्पातीको बोट रहेको छ । तर सबै किसान नास्पाती बिक्री नहुदा मारमा परेका छन् । नास्पाती बिक्री गरेर किसानले बर्षभरीको नुन तेल जोहो गर्ने गरेका छन् । कमलामाई नगरपालिका–३ निवासी किसान रामेश्वर देवकोटाले भन्नुभयो, “आम्दानीको अन्य स्रोत नहुने किसानलाई नास्पातीको आम्दानीले धेरै राहत पुगेको छ । एकमुष्ट आम्दानी लिनपाउदा किसानको पनि सानोतिनो गर्जे टरेको छ ।”

जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा अहिले नास्पाती प्रतिकेजी ७० रुपैयादेखि एक सय रुपैयासम्ममा बिक्रि भएको किसानले बताएका छन् । जिल्लाको ग्रामीण क्षेत्रमा उत्पादित नास्पाती तराईका जिल्लामा निर्यात हुने गरेको बताईएको छ ।

े

प्रतिक्रिया