बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा १५ लाख चोरी गर्ने ससुरा, छोरी र ज्वाईँ पक्राउ

सोमवार , भाद्र २७, २०७९

सिन्धुली– गत भदौ १० गते ७८ वर्षिया गंगामाया बम्जन कमलामाई नगरपालिका १, बेलटार स्थित आफ्नै घरमा बेहोस अवस्थामा भेटिन् । बेहोस भएर लडि रहेको अवस्थामा छरछिमेकिले देखेपछि हल्लाखल्ला भयो । छरछिमेकले पानी छम्केपछि उनी होस्मा आइन् । होसमा आएपछि गंगामायाले आफूले तामाको भाडामा जम्मा गरेर राखेको १५ लाख हराएको बताइन् । बाल्यकालदेखि जम्मा गरेर राखेको १५ लाख रुपैँया तामाको भाडामा नदेखेपछि उनी अर्धचेत भएकि थिइन् । पैसा चोरी भएको थाहापाएपछि छरछिमेकले प्रहरीलाई तुरुन्तै खबर गरे । प्रहरीले खबर पाएको लगत्तै अनुसन्धान थाल्यो । अनुसन्धानबाट गंगामायाको छिमेकि सोहि ठाउँका ४६ वर्षिया पुर्णबहादुर थिङ, उनको २० वर्षिया छोरी डोल्मा कुमारी थिङ र २० वर्षका ज्वाईँ असिर थोकरतर्फ अनुसन्धान केन्द्रित भयो । प्रहरीले अनुसन्धान गर्ने क्रममा ससुरा, छोरी र ज्वाईँलेनै गंगामायाको १५ लाख पटकपटक गरि चोरी भएको पत्ता लगायो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता नायव उपरिक्षक हरिकृष्ण केसीका अनुसार पूर्णबहादुरलाई गंगामायाले तामाको भाडामा पैसा लुकाएर राखेकोे जानकारी थियो । उनले गंगामायामलाई सापटि पैसापनि मागेका थिए । तर, गंगामायाले आफूसँग पैसा नभएको बताएपछि उनी रित्तो हात फर्किए । राती ११ बजेको समयमा पुनः पूर्णबहादुर आफ्नो छोरी र ज्वाईँको साथमा गंगामायाको घर पुगे । घरमा कोहि नभएको बेला ससुरा पूर्णबहादुर र ज्वाईँ आसिर गंगामायाको घरभित्र छिरे । छोरी डोल्मा भने घरबाहिर कोहि आउलान् कि भनेर निगरानि गरिरहेकि थिइन् । सो समयमा उनीहरुले गंगामायाको तामाको भाडामा रहेको सबै पैसा कुम्लाएका थिए । गंगामाया अर्धचेत अवस्थामा भेटिएपछि छिमेकमा होहल्ला मच्चिसकेको थियो । यता, पूर्णबहादुर र उनका छोरी, ज्वाई गाडी रिजर्भ गरेर भाग्ने तयार गरिरहदा प्रहरी र स्थानियले पक्राउ गरेको डिएसपि केसीले बताउनुभयो ।

अनुसन्धानकोक्रममा उनीहरुको साथबाट ६ लाख २० हजार ६७० रुपैँया बरामद भएको डिएसपि केसीले बताउनुभयो । पूर्णबहादुरले घरनजिकैको झ्याँडीमा केहि रकम लुकाएर राखेको र केहि रकम ज्वाई, छोरीको घरबाट फेला पारेको डिएसपि केसीले जानकारी दिनुभयो । पटकपटक गरि चोरी भएको रकमले उनीहरुले फर्निचरका सामान र मोबाइल खरिद गरेको र केहि रकमले भोज खाएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको डिएसपिले केसीले बताउनुभयो । थप अनुसन्धान भइरहेको डिएसपि केसीले जानकारी दिनुभएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया