शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा पनि डोजर चलाउन सुरु

आइतवार , भाद्र २६, २०७९

सिन्धुली – सडक मिचेर बनाइएको संरचना हटाउन सिन्धुलीमा पनि डोजर चलाउन थालिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा सडक मिचेर पर्खाल लगाउदा सडक अवरुद्ध भएपछि कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटा र वडा अध्यक्ष विनोद प्रधानको रोहबरमा डोजर लगाएर पर्खाल भत्काएर बाटो खुलाउने काम भएको छ ।

कमलामाई नगरपालिका ९ भिमान बजारबाट बजार नजिकैको टोलमा जाने भित्री सडकमा केहि स्थानियले पर्खाल लगाएर सडकनै अवरुद्ध गरेपछि डोजर चलाउनु परेको स्थानिय दिवाकर पौडेलले बताउनु भयो । सडक मिचेर संरचना बनाउदा १ बर्षदेखि सडकनै अवरुद्ध भएको र हाल डोजर लगाएर खुलाउने कार्य भएको पौडेलले बताउनु भयो । काठमाडौँ महानगरपालिकाले अबैध संरचना हटाउन धमाधम डोजर चलाएसँगै सिन्धुलीमा पनि अवैध संरचना हटाउनु पर्ने र नगरभित्रका बस्तिको सौन्दर्यता बढाउनु पर्ने स्थानियले माग गर्न थालेका छन् ।

बजार क्षेत्र तथा भित्री सडकहरुमा नक्सा बिनानै संरचनाहरु बनाएर सडक मिच्ने कार्य बढ्न थालेकाले बालेन शाहकै शैलिमा सिन्धुलीमा पनि डोजर चलाउन सके बेलैमा अबैध संरचना बनाउन रोक्न सकिने स्थानियको बुझाई छ ।

प्रतिक्रिया