सिन्धुली,– मरिण गाँउपालीका अध्यक्ष बिमर्श मोक्तान ‘प्रख्यात’ले टेवल ठोक्ने र लौरो वजार्ने शिक्षक हुन नसक्ने वताउनु भएको छ । मरिण गाँउपालीकाले कक्षा ५ अंग्रेजी विषयका शिक्षकहरुको तालिम समापन गर्दै उहाँले शिक्षक अनुशासित र लगनशिल वन्न सक्नु पर्ने वताउनु भयो ।
उहाले भन्नुभयो, “विद्यार्थी पढेन भनेर हातपात गर्न पाईदैन । नपढ्ने विद्यार्थीको समस्या पत्ता लगाएर त्यही अनुसार शिक्षकले वढाउन पर्छ । सामुदायीक विद्यालयमा कसरी गुणस्तरिय शिक्षा दिन सकिन्छ । त्यस तर्फ तपाई शिक्षकहरु लाग्नु पर्छ ।”
विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार मरिण गाँउपालीकाले शिक्षक सरुवा गर्ने निती अवलम्वन गरेको अध्यक्ष मोक्तानले वताउनु भयो । विद्यालय व्यवस्थापन समितीले शिक्षक सरुवाको निर्णय गरेर ल्याएपछि गाँउपालीकाको शिक्षा समितीले त्यसलाई कार्यान्वय गर्ने उहाँले वताउनु भयो ।
विद्यालय व्यवस्थापन समितीलाई शिक्षकले टेर्न छाडेको कारण यस्तो निर्णय गर्न गाँउपालीका वाध्यभएको मोक्तानको भनाई छ। पाँच कक्षामा अंग्रेजी विषय पढाउने शिक्षकहरुलाई तिन दिनको विविध विषयमा तालिम दिएको थियो ।