शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

मरिणबाट कृषि एम्बुलेन्सले ओसार्न थाल्यो खसि, बोका

शनिवार , भाद्र २५, २०७९

सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिकामा संचालित कृषि एम्बुलेन्सले कृषि वस्तु ओसार्न थालेको छ । मरिणमा उत्पादित कृषि वस्तुलाई बजारीकरणकालागि हेफर नेपालको ५० प्रतिशत र ठाकुरेश्वर महिला कृषि सहकारीको ५० प्रतिशत लागतमा संचालित कृषि एम्बुलेन्सले शनिबार खसि, बोका ओसारेको हो । कृषि एम्बुलेन्स मार्फत बजारीकरणको लागी सिन्धुलीमाढीको शनिबारे हाँटमा बिक्रि गर्न सहकारीले कृषकको घरैमा पुगेर खसी बोका खरीद गरेको थियो । ४ नम्बर वडास्थित जुटपानीका किसानबाट खसी, बोका खरीद गरि कृषि एम्बुलेन्समार्फत हाटबजार लगिएको सहकारीले जनाएको छ ।

मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ स्वयं आफैँ बिदाको दिन पारेर कृषककै खोरमा पुग्नुभएको थियो । गाउँपालिका अध्यक्ष किसानका घरगोठमा पुगेर उनीहरुका समस्या बुझ्न थाल्नु भएको छ । बिदाको समय निकाल्दै किसानले उत्पादन गरेको तरकारी खेति र पशुपालन हेर्नु भएका प्रख्यातले गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाइरहेको बतउनुभयो । गाउँपालिका अध्यक्ष किसानको उत्पादन हेर्न आउँदा किसानहरु खुशी देखिन्थे ।

कृषि एम्बुलेन्स संचालनमा आएसँगै कृषकले आफूले उत्पादन गरेको वस्तुको बजारीकरणमा समस्या नहुने बताएका छन् । मरिण गाउँपालिकाले कृषि एम्बुलेन्स संचालनकालागि गरेको पहलप्रति कृषक मदन श्रेष्ठले धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा कृषिवस्तु उत्पादन गरेपनि बजारको समस्या थियो । अब मरिणमै विक्रि नभए कृषि एम्बुलेन्समार्फत निर्यात गर्नसकिनेछ । आफूले उत्पादित वस्तुले बजार नपाउने समस्याबाट कृषक मुक्त भएका छन् ।’

सम्बन्धित विषय:

प्रतिक्रिया