काठमाडौं, २५ भदौ - काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृ cत्यु भएको छ। शुक्रबार काठमाडौं-१४ कलंकी सीता पेट्रोल पम्प नजिकै रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृ त्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
सडक छेउमा रोकेको बा प्र ०३-००१ ख २०४० न.को ट्रकमा कलंकीबाट बल्खुतर्फ जाँदै गरेको प्र.न.३-०२-००३ प ८८८८ न. को मोटरसाइकल ठोक्किएको थियो। अनियन्त्रित भएर ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना ग म्भीर घा इते भएका थिए।
काठमाडौं-२१ बसन्तपुर दलाछिका ३१ वर्षीय सुनोजमान डंगोल र ललितपुर गोदावरी नगरपालिका-१४ बाडेगाउँका २२ वर्षीय अभिषेक महर्जनको मृ त्यु भएको हो। उनीहरू दुबै जनाको टिचिङ अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृ त्यु भएको हो।
प्रहरीले ट्रक, मोटरसाइकल र मकवानपुर पदमपोखरि नगरपालिका-१२का ३४ वर्षीय ट्रक चालक सुकलाल महर्जनलाई नि यन्त्रणमा लिएको छ। प्रहरीले घ टनाको थप अनुसन्धान अघि बढाएको छ।