शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

नेपाली काँग्रेस सिन्धुलीले मनायो बिपि जयन्ती

शुक्रवार , भाद्र २४, २०७९

सिन्धुली – नेपाली काँग्रेस सिन्धुलीले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाएको छ ।

जन्मजयन्तीको अबसरमा शुक्रवार नेपाली काँग्रेस प्रदेश कार्यसमिती क्षेत्र नम्बर १ (क) को आयोजनामा दुधौली नगरपालिका – १० मा बिपि जन्मजयन्ती तथा जनताको साथमा काँग्रेस अभियानको समापन गरिएको छ भने नेपाली काँग्रेस कमलामाई नगर समितीको आयोजनामा कमलामाई नगरपालिका –१३ ठुटेस्वर महादेब मन्दिर सुनखानी परिसरमा बृक्षारोपण गरिएको छ ।

नेपाली काँग्रेस सिन्धुलीका सभापती उपेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता तथा नगर सभापती कमल पोखरेलको अध्यक्षतामा सम्पन्न बृक्षारोपण कार्यक्रममा रुद्राक्ष लगायतका ५० बिरुवा मन्दिर परिसरमा रोपिएको छ । कार्यक्रमको संचालन नगर सचिव निकेश ढकालले गर्नुभएको हो भने प्रदेश कार्यसमितीले दुधौली नगरपालिकाको कोगटिमा आयोजना गरिएको कार्यक्रममा बिपिले पुर्‍याएको योगदानको बारेमा चर्चा गर्दै कार्यक्रमको गरिएको हो ।

जनताको साथमा काँग्रेस अभियानको लागी केन्द्रीय समितिले जिल्लामा प्रतिनिधीको रुपमा पठाएका नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिलमान पाख्रीनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

बिपि जयन्तीको अबसरमा आयोजित जनताको साथमा काँग्रेस अभियानको समापन तथा बृक्षारोपण कार्यक्रममा केन्द्रिय प्रतिनिधि तथा केन्द्रीय सदस्य दिलमान पाख्रीन, सिन्धुली काँग्रेसका पुर्बजिल्ला सभापती अर्जुन बराल, मोहनप्रसाद बराल, निबर्तमान सभापती उज्ज्वल प्रसाद बराल जिल्ला सभापती उपेन्द्रकुमार पोखरेल लगायतले आफ्नो धारणा ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया