शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

अब मरिणमा गुड्नेछ कृषि एम्बुलेन्स

शुक्रवार , भाद्र २४, २०७९

सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिकामा कृषिजन्य उत्पादन ओसारपसारकालागि कृषि एम्बुलेन्स संचालनमा आएको छ । हेफर ईन्टरनेशनलको आर्थिक र ह्यान्ड्स नेपालको व्यवस्थापकिय सहयोगमा संचालित साझेदारिमा कृषि तथा पशु उधमशिलता बिकास परियोजना अन्तर्गत मरिण गाउँपालिकालाई कृषि एम्बुलेन्स हस्तान्तरण गरेसँगै मरिणका कृषकलाई कृषिजन्य वस्तुको ओसारपसारमा सहज हुने भएको हो ।

बिहिबार एक कार्यक्रमकाबिच कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको ह्यान्ड्स नेपालका मिन बहादुर रायमाझीले बताउनुभयो । गाउँपालिकाले हेफर सँगको समन्वयमा ठाकुरेश्वर सामजिक उधमि साना किसान महिला कृषि सहकारिलाई उक्त कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ । उक्त सहकारीले मरिणका सातवाटै वडालाई कार्यक्षेत्र बनाएर काम गरिरहेको रायमाझीले बताउनुभयो । हेफरको ५० प्रतिशत अनुदान र सहकारिको ५० प्रतिशत आर्थिक साझेदारिमा सिंगल क्याप फोरह्विल बोलेरो हस्तान्तरण गरिएको छ । उक्त कृषि एम्बुलेन्सले कृषकको घरमै पुगेर उत्पादित कृषजन्य वस्तु बजारसम्म पुर्योउने रायमाझीले जानकारी दिनुभयो । उहाँले भन्नुयभो, ‘स्थानिय बाजारको माग भन्दा धेरै भएमा बाहिरी ठाउँमा समेत निर्यात गर्न कृषि एम्बुलेन्स प्रयोग हुनेछ ।’

मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को अध्यक्षता र पोलिब्युरो सदस्य सिन्धुली जिल्ला इन्चार्ज एवं वागमति प्रदेश सभा सदस्य लेखनाथ दाहाल (राजन)को प्रमुख अतिथ्यतामा कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको थियो । गाउँपालिका अध्यक्ष मोक्तानले अब मरिणमा उत्पादित वस्तु खेर नजाने बताउनुभयो । उहाँले कृषि क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभयो । प्रमुख अतिथि राजनले हस्तान्तरण गरिएको बोलेरो कृषि र पशुको लागि मात्र प्रयोग हुनुपर्ने र यसको अनुगमन गाउँपालिकाले गर्नुपर्ने बताउनुभयो । उहाँले मरिणामा बनेको संकल्न केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्न गाउँपालिका अध्यक्षसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिमला माझि , प्रमुख प्रशासकिय अधिकृत ओम दर्जि, ६ नम्बर वडाका वडाध्यक्ष हर्कबिर माझि, हेफर प्रोजेक्ट नेपाल सिन्धुलीका कार्यक्रम अधिकृत किशोर कुमार कार्की, सहाकारिको अध्यक्ष लोकि माया थाप मगर लगाय हेण्ड्स नेपालको कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन भने सामाजिक बिकास शाखा प्रमुख सुदिप केसिले गर्नु भएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया