शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा अपराधिक घट्ना बढ्यो (तथ्यांक सहित)

बुधवार , भाद्र २२, २०७९

सिन्धुली – सिन्धुलीमा गतवर्षको तुलनामा अपराधको घट्ना बढ्दै गएको छ । वर्षेनी जिल्लामा अपराधीक घट्ना बढ्दै गएको प्रहरीले जनाएको हो । जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा ४३३ वटा अपराधका घट्ना घटेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसिले जानकारी दिनुभयो । उहाँको अनुसार आर्थिक वर्ष २०७६/७७ मा ३३४ वटा अपराधका घटना दर्ता भएको थियो । जिल्लामा सबै भन्दा बढी बलात्कार, हत्या, चोरी, ठगी, लागुऔषध कारोबार तथा सेवन बढेको पाइएको छ । गत आ.व.मा सिन्धुलीमा चोरी सम्बन्धि २६ वटा मुद्धा दर्ता भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा २२ र २०७६/७७ मा चोरी सम्बन्धि ९ वटा मुद्धा दर्ता भएको थियो । सबै मुद्धाको फर्छौट भइसकेको नायव उपरिक्षक केसीले बताउनुभयो ।

त्यस्तै, गत आ.व.मा सिन्धुली प्रहरीमा जबरजस्ती करणीको ४६ वटा मुद्धा दर्ता भएको छ । जसमध्ये ४ वटा मुद्धा फर्छौट हुन बाँकी छ । आ.व. २०७७/७८ मा ३४ र २०७६/७७ मा जबरजस्ती करणी सम्बन्धि २१ मुद्धा दर्ता भएको छ । त्यसैगरि, गत आ.व.मा जबरजस्ती करणी उद्योग सम्बन्धि १८ मुद्धा दर्ता भएकोमा चारवटा मुद्धा फर्छौट हुन बाँकी रहेको नायव उपरिक्षक केसीले जानकारी दिनुभयो । आ.व. २०७६/७७ र २०७७/७८ मा ७/७ वटा मुद्धा दर्ता भएको थियो ।

तीन वर्षको अवधिमा सबै भन्दा बढी भवितव्य ज्यानका मुद्धा रहेका छन् । आर्थिक वर्ष २०७६/०७७ मा भवितव्य ज्यानका ८३ वटा मुद्धा दर्ता भएका थिए । आर्थिक वर्ष २०७७/०७८ मा ७४ वटा र आर्थिक वर्ष ०७८/७९ मा ६१ वटा भवितव्य ज्यानका मुद्धा दर्ता भएका छन् । यस्तै, तिन वर्षको अवधिमा अभद्र व्यवहारका मुद्धा पनि बढी दर्ता हुने गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा ५२ अभद्र व्यवहारका मुद्धा दर्ता भएका छन् । सोहि अवधिमा झुण्डिएर मृत्युमा ५९, भवितव्य ज्यान ६१, विष सेवन गरि मृत्युमा ७, कुटपिटबाट अंगभगमा २, सवारी ज्यानमा ३५, सवारीबाट अंगभगमा ४, फुटकर ज्यानमा १४, कर्तव्य ज्यानमा ८, ज्यान मार्ने उद्योगमा १९, आगो लगाईएकोमा १, लागुऔषधमा ४९, कारारगारबाट भागेको/आवश्यक वस्तु तोडफोडमा १, ठगिमा १, सरकारी छाप दस्तखत किर्तेमा ५, मानव बेचविखन तथा ओसारपसारमा १, बहुविवाहमा १५, मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

त्यस्तै, हातहतियार तथा खरखजनामा ८, अपराध तथा शरीर बन्धकमा १, जुवा सम्बधी १, संक्रामक रोग सम्बन्धि २, बैंकिङ कसुरमा २, बालविवाहमा २, बाल यौन दुरुपयोगमा ७, बोक्सी आरोपमा ६, आत्महत्या दुरुत्साहनमा ३, मुद्रा सम्बन्धी कसरमा १, कारगार ऐन सम्बन्धि मुद्दा दर्ता भएको डिएसपि केसीले जानकारी दिनुभयो ।

जिल्लामा पछिल्लो समय अराधीक क्रियाकलाप बढ्दै गएको छ । प्रविधि, सामाजिक विवेद, चेतनाको कमि, अशिक्षा, गरिबि लगाएत विभिन्न कारणले यस्ता अपराधीक क्रियाकलाप बढ्दै गएको प्रहरीले जनाएको छ । जिल्लामा अपराधीक घट्ना घट्न नदिनका लागि प्रहरीले विषेश योजना बनाइ अगाडि बढ्नु पर्ने स्थानिय बुद्धिजिविको भनाइ छ । घट्नामा संग्लन व्यक्तिलाई कानुनी दायरामा ल्याउन सके पनि अपराधिक घट्ना कम हुने उनीहरुको अनुमान छ ।

प्रतिक्रिया