शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

हरिहरपुरगढीमा भूमिहिनलाई निस्सा कार्ड वितरण

बुधवार , भाद्र २२, २०७९

सिन्धुली – हरिहरपुरगढी गाउँपालिकाले भुमिहिन दलित ,भुमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाइ निस्सा कार्ड वितरण गरेको छ । मंगलबार गाउँपालिका अध्यक्ष बज्रध्वज वाइवाको प्रमुख आतिथ्यतामा वडा नंं।.४ र ५ का भुमिहिन दलित, भुमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई निस्सा कार्ड वितरण गरिएको हो ।

गाउँपालिकाका अनुसार वडा नंं. ४ का २ सय ५० र वडा नं. ५ का ३ सय जनालाई निस्सा वितरण गरिएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नं= ४ मा ५ सय ५६ जना र वडा नं. ५ मा ८ सय ८५ जना भुमिहिन दलित, भुमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाइ निस्सा कार्ड वितरण गरिने गाउँपालिकाले जनाएको छ । निस्सा कार्ड वितरण कार्यक्रममा सम्बन्धीत वडाका वडा अध्यक्ष, पार्टी प्रतिनिधि, कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया