शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा लेखा समुहद्धारा रक्तदान कार्यक्रम सम्पन्न

सोमवार , भाद्र २०, २०७९

सिन्धुली – सिन्धुलीमा निजामती सेवा दिवसको अवसरमा लेखा समूह सिन्धुलीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सोमबार लेखा समुह सिन्धुलीका संयोजक हिरालाल भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा १७ जनाले रक्तदान गरेको लेखा समूह सिन्धुलीका सचिव पदम मगरले बताउनुभयो । जम्मा भएको रगत नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीको बल्ड बैकमा जम्मा हुने उहाँले जानकारी दिनुभयो ।

जिल्लाभरका संघ/संस्थाममा कार्यरत लेखापालहरुको समूह नै लेखा समूह हो । सामाजिक कार्य गर्ने उदेश्य अनुसार रक्तदान कार्यक्रम आयोजना गरिएका सचिव मगरले बताउनुभयो । उहाँका अनुसार जिल्लामा कुनै पनि व्यक्तिको रगत अभावका कारण मृत्यु नहोस् भन्ने उदेश्यले कार्यक्रम गरिएको हो ।

कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष, अस्पतालका डाक्टर लगाएत लेखापालको उस्थिति रहेको थियो । लेखा समुहका सचिव मगरले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रम नेपाल रेडक्रस रोसाइटी जिल्ला शासा सिन्धुलीको भवनमा संचालन गरिएको थियो ।

 

प्रतिक्रिया