शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा श्रीमान विरुद्ध जवरजस्ती करणी मुद्धा

सोमवार , भाद्र २०, २०७९

सिन्धुली– सिन्धुलीमा एक महिलाले आफ्नै श्रीमान विरुद्ध जवरजस्ती करणीको मुद्धा दर्ता गरेकि छिन् । गत जेठ १० गते जिल्लाको दुधौली नगरपालिकाकी २८ वर्षिय महिलाले श्रीमान विरुद्ध बलात्कारको आरोपमा मुद्धा दर्ता गराएकि हुन् । पतिले विरामी साथै अशक्ति हुदाँ पनि इच्छा विपरित यौनसम्पर्क गरेको महिलाले बताएको प्रहरीले जनाएको छ । जेठ १० गते राति साढे ८ बजेको सयमा जवरजस्ति करणी गरेको जाहेरी महिलाले दिएको प्रहरीले जनाएको छ ।

उनीहरुको विवाह २०७२ सालमा भएको हो । उनीहरुको दुइओट छोरीहरु छन । श्रीमानले मादकपदार्थ सेवनगरी दिनहु कुटपिट गरी आफुलाई जवरजस्ति करणी गर्ने गरेको महिलाले बताएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसिले बताउनुभयो । आरोपित श्रीमानलाई पक्राउ गरि अनुसन्धन गरिसकेको उहाँले बताउनुभयो । उनलाई पचार हजार जरिवाना फैसला भएको थियो । जरिवाना तिर्ने नसकेपछि उनलाई अहिले थुनामा राखिएको प्रनाउ केसिले जानकारी दिनुभयो ।

बैवाहीक सम्वन्ध कायम रहेको अवस्थामा श्रीमानले श्रीमतीलाइ जवर्जस्ती करणी गरेमा पांच बर्ष सम्म कैदहुने मुलुकी अपराध संहिता ऐन २०७४ मा उल्लेख छ । अदालतले श्रीमानको सम्पती बाट श्रीमतीलाइ पालनपोषण तथा संरक्षणका लागी रकम उपलव्ध गराउन तथा श्रीमतीको हित र सुरक्षाको लागी उपयुक्त बातावरण मिलाउन आदेश समेत दिन सक्ने व्यवस्था रहेको छ ।

नागरिकमा चेतना बढ्दै गएका कारण विभिन्न महिलाको घटना बाहिर आउन थालेको महिला अधिकारकर्मी अनिता पहाडिले बताउनुभयो । उहाँको अनुसार विगतको वर्षमा पनि यस्ता घटना घट्ने गरेको थियो । चेतनाको कमिको कारण विगतको वर्षमा यस्ता घटना बाहिर नआएको उहाँको भनाइ छ । पहिले पहिले यस्तो घटना नघट्ने होइन । बरु ति घटनाहरु बाहिर आउँदैन थियो । महिलाहरु हिसां सहेर बस्थे । समाज र परिवारबाट अपहेला हुने डरले महिलाहरु पिडा सहेर बस्न बाध्य थिए, उहाँले भन्नुभयो । अहिले शिक्षा सँगै चेनताको स्तर समेत बढेकाले महिलाका विभिन्न घटना बाहिर आउन थालेको उहाँको भनाइ छ ।

जिल्लामा बढि नाबालिकाहरु बलात्कृत हुने गरेको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७८÷७९ मा ४० वटा जवरजस्तिकरणी, उद्योग १६, बहुविवाह १५, ३ वटा बाल योनदुरुप्रयोग र दुइ वटा वालविवाहको मुद्धा दर्ता भएका छन् । कम उमेरमै केटाकेटी मन्जुरी भइ विवाह गर्ने र किशोरिका परिवारले थाहा पाएपछि जवरजस्तिकरणीमा मृद्धा दर्ता गराएको बढी पाइएको प्रहरी कार्यालयले उल्लेख गरेको छ ।

नेपालको कानुनले २० वर्ष भन्दा कम उमेरमा मन्जुरीमा यौनसम्पर्क भएपनि त्यसलाई बलात्कार भनेको छ ।

यो पनि सिन्धुलीमा ५ वर्षिय बालिका बलात्कार गर्ने १३ वर्षिय बालक पक्राउ

सिन्धुलीमा ५ वर्षिय बालिका बलात्कार गर्ने १३ वर्षिय बालक पक्राउ परेको छ । बालिकाको अभिभावकले दिएको जानकारी अनुसार साउन २७ गते राति ७ः४५ बजेको समयमा बालिका मामा घर नजिकको चौरीमा खेलिरहेको अवस्थामा १३ वर्षिय बालकले ललाइफकाइ झ्याँडिमा लगि करिण गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसिले बताउनुभयो ।बालिकाले आफ्नी आमालाई घटनाको बारे जानकारी गराएकी थिइनन् । बालकलाई पक्राउ गरि अनुसन्धान सकि शुक्रबार बालसुधार केन्द्र भक्तपुर पठाइएको उहाँले बताउनुभयो ।

जिल्लामा बालक जवरजस्ती करणी बढि संग्लन हुने गरेको प्रहरीले जनाएको छ । खुल्दो समाज, बढ्दो आप्रवासन र प्रविधिको विकासले भित्र्याएका डिजिटल डिभाइसलाई नियन्त्रण गर्न अक्षम पारिवारिक वातावरणका कारण बालबालिका जटिल अवस्थासँग जुधिरहेको प्रनाउ केसिले बताउनुभयो ।

यौनलाई वर्जित विषयमा नखुम्च्याई जिज्ञासु उमेरका किशोरकिशोरीलाई शरीरका अंगहरूको विशेषता र यसको उपयोगिताबारे राम्ररी बुझाए सम्भावित जोखिम टर्ने उहाँले बताउनुभयो । यस्तै, बालिकाहरूलाई नराम्रो छुवाइ र यौन दुव्र्यवहारबारे अभिभावकहरूले ज्ञान दिए उनीहरूले आफूमाथि हुने दुव्र्यवहारबारे थाहा पाएर प्रतिवाद गर्ने वा अरूलाई बताउने जस्ता सुरक्षात्मक अभ्यासको विकास हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया