सिन्धुली– सिन्धुलीमा शुक्रबार राती खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । कमला नदिले बगाउँदा दुधौली नगरपालिका १० थलिका प्रमेश्वर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । अन्दाजि ५० वर्षका माझी माछा मार्न (खुडा थाप्न) शुक्रबार राती खोलामा गएका थिए । उनी कमला खोला बिचमा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । गत आ.व. २०७८÷०७९ मा खोलाले बगाएर दुईजनाको मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।