शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा दुइ फरार प्रतिवादी पक्राउ

शुक्रवार , भाद्र १७, २०७९

सिन्धुली – सिन्धुलीमा प्रहरीले दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सवारी ज्यान अंगभंग मुद्धामा फरार रहेका सिन्धुली साबिक क्यानेश्वर गा.बि.स.वडा नं. ०९ स्थायी घर भई हाल सर्लाही पत्थरकोट गा.बि.स. वडा नं. ५ का २६ वर्षिय संजिव भन्ने संदिप वाईवालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

सर्लाही नारायणखोला गा.बि.स. वडा नं. २ का ४० वर्षिय सुवाई सिंले दिएको जाहेरी अनुसार उच्च अदालत पाटनबाट २०७३ चैत ६ गते २ बर्ष कैद र दुई हजार जरिवाना फैसला गरेको थियो । फैसला भएपनि हाल सम्म फरार रहेका वाइवालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले कलामाई नगरपालिका ६ स्थित खम्बेचौरमा फेला पारि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसिले जानकारी दिनुभयो । पक्राउ गरिएको वाइवालाई बुधबार नै जिल्ला अदालत सिन्धुलीमा पेश गरिएको उहाँले बताउनुभयो ।

यस्तै, बैदेशिक रोजगार कसुर मुद्धामा फरार रहेका हरिहरपुरगढी गाउँपालिका वडा नं. ०७ का ५९ वर्षिय ज्यामयाङ लामालाई प्रहरीले पक्राउ गरेको छ । बैदेशिक रोजगार विभागबाट बैदेशिक रोजगार कसुर मुद्धा दर्ता भई अदालतबाट लामालाई १ बर्ष ५ महिना ८ दिन कैद सँजाय फैसला भएको थियो ।

फैसला भएपनि हाल सम्म फरार रहेका लामालाई खोजतलास गर्ने क्रममा हरिहरपुरगढी गाउँपालिका ७ पत्राहीमा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएको लामालाई बुधबार नै जिल्ला अदालत सिन्धुलीमा पेश गरि फैसला कार्यान्वयनको लागी कारागार कार्यालय सिन्धुलीमा पठाएको जनाइएको छ ।

प्रतिक्रिया