शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा मिटरब्याजीको खोजी हुदै

बिहिवार , भाद्र १६, २०७९

सिन्धुली, – सिन्धुली जिल्लामा दुई जना ‘मिटरव्याजी’ को खोजी सुरु भएको छ । दुधौली नगरपालिकाका दुई जनाले मिटरब्याजी बिरुद्ध उजुरी दर्ता गराएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एक जनाले छ लाख रुपैया दिएर १२ लाख रुपैयाको र अर्कोले पनि पाँच लाख रुपिया दिएर १० लाख रुपैया बुझेको कागतमा सही गराएको उजुरीमा उल्लेख छ ।

कार्यालयले छानविन, अनुसन्धानमा असहयोग पुग्ने भन्दै मिटरब्याजको पीडित र पीडकको नाम भने गोप्य राखेको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले गृह मन्त्रालयले कार्यविधि बनाएर भर्खरै पठाएकाले ती उजुरी उपर छानविन, अनुसन्धान र कारबाही प्रकृया सुरु गरिने बताउनुभयो ।

“अब कार्यविधि अनुरुप कारबाही प्रकृया अघि बढाउछौं,’ उहाँले भन्नुभयो, “अहिले उजुरी आएको छ, त्यो मिटरव्याजी हो की, अरु नै हो की, सबै कुरा हेर्नु पर्छ ।” सरकारले साउन महिनामा यही भदौ ५ गतेभित्र मिटरब्याजी बिरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनु अपिल गरेको थियो ।

उजुरीका आधारमा मिटरब्याज लगाउने आरोपितको खोजी सुरु गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया