सिन्धुलीको गोलन्जोर गाउँपालिकामा सुख्खा पहिरो खस्दा मध्यपहाडी राजमार्ग (पुष्पलाल लोकमार्ग) अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीखण्डमा पहिरो खस्दा सवारी आवगमन रोकिएको छ । गोलन्जोर २ कुखुरेटारमा बुधबार दिउँसो भीषण सुख्खा पहिरो खस्दा सयौँ सवारीसाधन जाममा परेको छ । राजमार्गमा माटो खस्ने क्रम जारी रहेकाले पन्छाउन सहज नहुँदा सडकमा सवारी आवागमन रोकिएको छ । सडकमा थुप्रिएको माटो पन्छाउन आवश्यक पहल भइरहेको २ नम्बर वडाका अध्यक्ष दौलत कार्कीले बताउनुभयो । सिन्धुलीमाढीबाट टेलर ल्याउनुपर्ने हुँदा पहिरो पन्छाउन केहि समय लाग्ने कार्कीले जानकारी दिनुभयो । सिन्धुलीका सम्भावित बाढी पहिराका उच्च जोखिम रहेका स्थानमा प्रहरीले सजगता अपनाउन आग्रह गरेको छ ।
अहिले पूर्वी पहाडी जिल्लाका बासिन्दाले हिले–धनकुटा–धरान हुँदै काठमाडौँ जानुपर्ने बाध्यता छ । यो राजमार्ग पूरा भएपछि एकै दिनमा काठमाडौं पुग्न सकिनेछ ।