सिन्धुली– अदालतले दोषी ठहर गरेर फरार रहेका अपराधीलाई पक्राउ गर्ने सिन्धुली प्रहरीको अभियानले सफलता पाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ०७७ को साउनदेखि ०७८ को असारसम्म ६७ जना फरार अभियुक्त पक्राउ परेका छन् ।
फैसला कार्यान्वयनको अभियानमा प्रहरीलाई सफलता प्राप्त भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक हरिकृष्ण केसीले बताउनुभयो । गत वर्ष फरार अपराधीबाट प्रहरीले ८१ लख ७८ हजार चार सय ८४ राजस्व संकलन गरेको छ भने २०१ वर्ष १० महिना तीन दिन कैदसमेत भुक्तान भएको छ । अदालतले दोषी ठहर गरेर पनि सजाय भुक्तान नगरेकाहरूलाई पक्राउ गर्न अभियान चलाइएको र त्यसमा सफलता प्राप्त भएको प्रवक्ता केसीको भनाइ छ । अदालतले दोषी ठहर गरेका ७२ पुरुष र तीन महिला गरि ७५ जना हालसम्मपनि फरार रहेको प्रवक्त केसीले बताउनुभयो ।