शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा महिलाको नेतृत्व बिकास तथा क्षमता अभिवृद्धि सम्बन्धि गोष्ठि

सोमवार , भाद्र १३, २०७९

सिन्धुली – सिन्धुलीमा महिलाको नेतृत्व बिकास तथा क्षमता अभिवृद्धि सम्बन्धि एक दिने गोष्ठि तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति सिन्धुलीको आयोजनामा महिलाको हकहित अधिकार बहुविवाह सम्बन्धमा हालको कानुनी व्यबस्था सम्बन्धि जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएकोे हो ।

जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामाको अध्यक्षता तथा समन्वय उपप्रमुख शान्ता कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको थियो । गोष्ठिमा नौँ वटै स्थानीय तहका कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्कीले कानुनी प्रावधान अनुसार महिलाले पाउने अधिकार साथै महिला हिंसाका बारेमा बृहत्त छलफल गर्नुपर्ने बताउनुभयो । नयाँ चुनीयका जनप्रतिनिधिहरुलाई आम जनताका समस्याहरु बुझेर काम गर्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा प्रशिक्षण गर्नुहुदै अधिबक्ता सुसिला थिङले बहुबिबाह गर्नु कानुनत अपराध भएको बताउनुभयो । महिला आवस गृहका संयोजक गिता देकोटाले महिलाको बारेमा र बहुविवाहका विषयमा कानुनमा लेखिएको भएता पनि व्यवहारीक रुपले हेर्दा फितलो देखिएको बताउनुभयो ।

प्रतिक्रिया