शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

बालेनमाथि घरभित्रै छिरेर दुव्र्यवहार (भिडियोसहित)

आइतवार , भाद्र १२, २०७९

काठमाडौँ– काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहमाथि शनिबार राति निजि निवासमै दुव्र्यवहार भएको छ । शाहको घरमा गएर दुव्र्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जोगीमा भेषमा रहेका उनी ‘भष्म गर्दिन्छु’ भन्दै बालेनको निवास गैरीगाउँ पुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई अहिले प्रहरी हिरासतमा राखिएको छ । उनीबारे अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक दिनेशराज मैनालीले जानकारी दिए । जोगीको भेष धारण गरेका एक व्यक्ति गएराति साढे ८ बजेको समयमा बालेनको घरभित्रै पसेका कारणले पक्राउ गरिएको उनले जानकारी दिए । घरभित्रै पसेर ‘भष्म गर्दिन्छु’ भन्दै बालेनलाई दुव्र्यवहार गरेपछि उनलाई पक्राउ गरिएको थियो । जोगीको भेषमा रहेका उनले ‘भष्म’ गरिदिने चेतावनी दिएका थिए । भित्रै पसेका उनलाई बाहिर निकालिएको थियो । त्यसपछि भनाभन भएको थियो ।

जोगीले आफुलाई प्रधानमन्त्री र मन्त्रीलेसमेत केही गर्न नसक्ने बताइरहेका थिए । झण्डै एक घण्टा सकडमा भीडभाड भएको थियो । पछि प्रहरी आएर उनलाई लगेको थियो । मेयर बालेन पछिल्लो समय अवैध संरचना भत्काउँदै हिँडेकाले उनीविरुद्ध सक्रिय गिरोहले परिचालित गरेका व्यक्ति हुनसक्ने मेयर समर्थकहरुको दाबी छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया