शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा थप दुइ जनामा कोरोना संक्रमण

शुक्रवार , भाद्र १०, २०७९

सिन्धुली –सिन्धुलीमा विहिबार थप दुइ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार १४ जना महिला र १२ जना पुरुष गरि जम्मा २३ जनाको कोरोना परिक्षण गर्दा १ जना महिला र १ जना पुरुष गरि जम्मा दुइ जनाको रिपोट पोजेटिभ आएको हो । यो सँगै जिल्लामा होम आइसोलेसनमा १७ जना कोरोना संक्रमित उपचारत रहेका छन् ।

जिल्लामा हाल सम्म ४ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्ये ३ हजार ९ सय ५८ जना संक्रमणमुक्त भइसकेका छन् भने ४५ जनाको कोरोना संक्रमणको कारण मुत्यृ भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

तीनको मृत्यु

यसैगरी कोरोना भाइरसको संक्रमण बिहिवार चार सय ४४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा चार हजार नौ सय ५४ परीक्षणमध्ये चार सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

सक्रिय संक्रमितको संख्या चार हजार एक सय ९९ पुगेको छ । बिहिवार कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई तीन सय सात जना घर फर्किएका छन् । बिहिवारनै कोरोना भाइरसको संक्रमणबाट तीन जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ९८ जनाको संक्रमणबाट निधन भएको छ । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् ।

संक्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, कालिकोट, हुम्ला, डोल्पा, मुगु र जाजरकोट रहेका छन् । होम आइसोलेशनमा चार हजार २६, संस्थागत आइसोलेशनमा एक सय ७३, सघन उपचार कक्षमा ५० र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा पाँच हजार पाँच सय ९७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया