शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

नेतृत्व कमजोर भए पार्टी कमजोर हुन्छ : पोलीटव्युरो सदस्य दाहाल

बिहिवार , भाद्र ९, २०७९

सिन्धुली – नेकपा माओवादीका पोलिटव्युरो सदस्य तथा सिन्धुली ईन्चार्ज राजन दाहालले माओवादी पार्टीका नेतृत्वले जे बोल्छ त्यही पूरा गर्ने दावी गर्नु भएको छ ।

नेकपा माओवादी केन्द्र कमलामाई नगरपालिका वडा नं. १३ र १४ को वडा कमिटिसंगको छलफल क्रममा संबोधन गर्दै दाहालले माओवादीकै कारण जनताको अधिकार सहितको व्यवस्था आएको बताउनु हुँदै दाहालले माओवादीले संचालन गरेको जनयुद्धका कारण गरिव नागरीक, उत्पिडित, पिछडीएको समुदायलाई स्थापित गर्ने गरि लोकतान्त्रीक व्यवस्था स्थापित भएकोबताउनु भयो ।

काँग्रेस–एमालेले संधै जनतालाई झुक्काउने गरेका कारण ब्यवस्था नै परिवर्तन गराउने माओवादी संसदिय व्यवस्थामा पछि परेको भन्दै दुःख व्यक्त गर्नु भयो । उहाँले स्थानीय तहको निर्वाचनलाई गम्भीर समीक्षा गरेर आउदो मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको नेतृत्वलाई विजयी गराउने गरि लाग्न निर्देशन समेत दिनु भयो ।

“नेतृत्व कमजोर भए पार्टी कमजोर हुन्छ, पार्टी कमजोर भए उद्धेश्य र वेवस्थानै कमजोर हुने भएकाले पार्टीलाई मजबुत बनाउन सबै तहका कमिटी कमरेडहरू जिम्मेवार बन्नु पर्छ,”उहाले भन्नू भयो ।

कमलामाई नगरपालिका १३ र १४ को विकासका लागि आफुले सबैखाले सहयोग गर्न तयार रहेको समेत उहाँले बताउनु भयो । खानेपानी, नदि नियन्त्रण, चुरे संरक्षण, सिचाई लगायतका विषयमा आफु जानकार रहेकाले आफ्नो नेतृत्वमा पूरा गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा दुबै वडाका नेतृत्वले रिपोर्टिङ गरेका थिए ।

मदनलाल कुवरको अध्यक्षता तथा नेकपा माओवादीका पोलिटव्युरो सदस्य तथा सिन्धुली ईन्चार्ज राजन दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कमलामाई नगरपालिकाका नगर इन्चार्ज यम कुमार देबकोटा, पत्रकार महासंघ बागमती प्रदेश सचिव राजन गाउँले, संगठन बिभाग प्रमुख गणेश रत्न,कमलामाईनगर कमिटी उपाध्यक्ष धु्रब कुमार बस्नेत,किरण लामा,खानेपानी तथा सरसफाई बिभाग बागमति प्रदेसका सदस्य राम्जी काफ्ले,नगर कमिटी सदस्य चन्द्रनाथ गौतम लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया