सिन्धुली– सिन्धुलीमा दुईजना मिटरब्याजी विरुद्ध उजुरी परेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा दुईजना मिटरब्याजी विरुद्ध उजुरी परेको हो । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार जिल्लामा मिटरब्याजी विरुद्ध दुई वटा मात्रै उजुरी आएको छ ।
दुई वटै उजुरी उपर अध्ययन अनुसन्धान सुरु भइसकेको उहाँले बताउनुभयो । सरकारले गत साउनमा यहि भदौ ५ गतेभित्र मितरब्याजी विरुद्ध सम्बन्धित जिल्ला प्रशासनमा उजुरी दिन सार्वजनिक अनुरोध गरेको थियो । सरकारले मिटरब्याजीलाई कस्तो कारबाहि गर्ने भन्नेबारे निर्णय नभएको जनाएकाले उजुरी गर्ने पिडित र पिडकको नाम गोप्य राखिएको छ ।