शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

दुम्सीसहित सिन्धुलीका दुईजना पक्राउ

बिहिवार , भाद्र ९, २०७९

सिन्धुली– रामेछापमा दुम्सी मारेर मोटरसाइकलमा सिन्धुलीतर्फ ल्याउदैै गर्दा सिन्धुलीका दुईजना पक्राउ परेका छन् । मंगलबार राती खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खा नाकाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सित्खाबाट सिन्धुलीकोको सुनकोशी गाउँपालिका आउदैँ गरेको मोटरसाइकल पछाडी बोरामा राखेको सामान खानतलासी गर्दा मृत दुम्सी फेला परेको थियो । पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका–५ का २० बर्षिय अनिल भन्ने गिताजंग थापा र सोही मोटरसाइकलको पछि बसेका २३ बर्षिय नारायण कार्की समेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया