शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा हात्तीले दुई घर भत्काए

मंगलवार , भाद्र ७, २०७९

सिन्धुली– सिन्धुलीमा गएराति हात्तीले दुईवटा घर भत्काएको छ । जिल्लाको कमलामाई नगरपालिका ९ र १० मा दुईवटा हात्तीले दुईवटा घर भत्काएको प्रारम्भिक खबर आएको डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख कृष्ण राज न्यौपानेले जानकारी दिनुभयो । हात्तीले क्षति पुर्योएको क्षेत्रमा विस्तृत जानकारी लिन वन कार्यालयका कर्मचारीहरुलाई पठाइएको न्यौपानेले बताउनुभयो । वडा नम्बर ९ का वडाध्यक्ष विनोद प्रधानका अनुसार जंगली हात्तीले घर भत्काउनुका साथै अन्नबाली नोक्सानी गरेका छन् । दुई वटा जंगलीहात्ती गाउँमा पसेर वडा नम्बर ९ को एक घर, गोठ र दुई कठ्ठामा लगाइएको धानमा क्षति पुर्योएको छ । मंगलबार राती ९ बजे हात्ती गाउँमा पसेको स्थानियले बताएका छन् । उक्त हात्ती बिहान ३ बजेसम्म गाउँमै रहेको र अहिल जंगलमा पसेको स्थानियले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया