सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिकाले पशुलाई सुत्केरी भत्ता वितरण गर्ने भएको छ । नगरपालिकाले श्रावण १ गते देखि सुत्केरी भएका पशुहरु (गाई, भैसीँ) लाई दुई हजारका दरले सुत्केरी भत्ता दिने भएको हो । पशु शाखाको आर्थिक बर्ष २०७९÷८० को स्वीकृत सुत्केरी खाद्यन्न सहयोग कार्यक्रम अन्तर्गत नगरपालिका कृषि समितिको साउन २० गते बसेको बैठकको निर्णय अनुसार श्रावण १ गते देखि सुत्केरी भएका पशुहरुलाई प्रति पशु २ हजारका दरले सुत्केरी भत्ता दिन लागेको नगरपालिकाले जनाएको छ । सोमबार नगरपािलकाले एक सुचना जारी गर्दै निवेदन, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित वडाको सिफारिस, पशु बीमा अभिलेखको प्रतिलपि र कृषक, सुत्केरी पशु र बाच्छा पाडाको एकै ठाउँमा बसेको प्रष्ट बुझिने फोटो आधारमा सुत्केरी भत्ता दिने निर्णय गरेको जानकारी दिएको छ ।