सिन्धुली – प्लान इन्टरनेशनल नेपालको सहयोग तथा दुधौली नगरपालिकाको समन्वयमा जनजाती समाज विकास कार्यक्रम , सिन्धुलीले दुधौली नगरपालिका वडा नं. ३ र ६ का सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई ४ दिने बृहत्तर यौनिकता शिक्षा तालिमको शुरुवात भएको छ ।

२०७९ भाद्र ०४ गतेसम्म चल्ने तालिमको बुधवारबाट शुरुवात भएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि दुधौली नगरपालिका वडा नं. ०६ का वडाध्यक्ष श्री कमान सिंह आले मगर ज्यूले विद्यालयमा यौनिक ताशिक्षाको महत्व दर्शाउँदै विद्यालयहरुमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, बालविवाह अन्त्य जस्ता विषयमा आफ्ना विद्यार्थीहरुलाई कक्षा सञ्चालन गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।

विशेष अतिथि हर्षाही स्वास्थ्यचौकीका इन्चार्ज श्री रुपेश कुमार दनुवारले यौन र प्रजनन् स्वास्थ्यका कुराहरु अझै पनि समाजमा खुल्ला बहसमा आउन नसकेको र हाम्रो जस्तो समाजमा यस सम्बन्धी भ्रमहरु व्याप्त रहेको हुनाले यस्ता भ्रमहरु चिर्न जरुरी रहेको जानकारी दिनुभयो ।

कार्यक्रममले प्लानको इन्टरनेशनल नेपालको साझेदारीमा जनजाती समाज विकास कार्यक्रम , सिन्धुलीले दुधौली लगायतअन्य गरी ६ वटा पालिकाहरुमा बाल प्रत्याभूत सञ्चार कार्यक्रम तथा नेतृत्व र निर्णय परियोजना सञ्चालनरत रहेको जनजाती समाज विकास कार्यक्रम िसिन्धुलीका कार्यक्रम संयोजक बिबेक बस्नेतले जानकारी दिनुभयो । साथै कार्यक्रममा अघिल्लो आ.व.मादुधौली न.पाभित्रकुल १८ वटा बालविवाहको घटनाहरु यहाँको परिवर्तनको संवाहक कक्षाका सहभागी तथा दुधौली नगरस्तरिय युवा सञ्जालको सक्रियतामा रोक्न सफल भएको जानकारी गराइएको थियो । कार्यक्रम संयोजक बस्नेतले दुधौली नगरपालिकाले बालविवाह रोकथामको लागी गरेको प्रयासको प्रशंसा गर्नु भएको थियो ।