सिन्धुली – सिन्धुलीले कार्यसम्पादन सम्झौता मुल्यांकनमा झण्डै ९० अंक पाएको छ । आर्थिक वर्ष २०७८/७९ मा भएको कार्यसम्पादन सम्झौताको मुल्यांकन अनुरुप जिल्लाले ८०—९० अंकको बिचमा अङ्क प्राप्त गरेको हो । मुल्यांकन समितीले सार्बजनिक गरेको मुल्यांकन प्रतिवेदन अनुसार ६ वटा बिषयगत क्षेत्रहरुमा ६८ वटा परिसुचकहरुमध्ये जिल्लाले ८०—९० अंकको बिचमा अंक प्राप्त गरेको छ ।
गृह मन्त्रालयका सचिव र प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारी बिच बार्षिक रुपमा जिल्ला प्रशासन कार्यलयले के के सेवा दिने, कसरी दिने भन्ने कार्यसम्पादान सम्झौता गरिने सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभयो । सोहि अनुसार ८०—९० अंकको बिचमा अंक प्राप्त गर्ने नेपालका २९ जिल्लामध्ये सिन्धुली पनि परेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।
कार्य सम्पादन सम्झौताको ६ वटा विषयगत क्षेत्रहरू शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन अन्तर्गत गरी ६८ वटा परिसूचकहरूमा प्रजिअको मुल्यांकन गर्ने गरिन्छ । चालु आर्थिक बर्षेको लागी कार्यसम्पादान परिसुचकहरु बस्तुनिष्ठ बनाइएको छ भने बार्षिक मुल्यांकनको पद्धती त्रैमासिक अवधि अलग–अलग गरिएको छ । त्यस्तै बार्षिक मुल्याङ्कन समेत गर्ने गरी प्रणालीको विकास गरिएको छ ।