शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा विद्यार्थीमा बेहोस हुने समस्या

बुधवार , श्रावण २५, २०७९

सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ मा रहेको श्री जनप्रभात निम्न माध्यमिक बिद्यालय चैनपुरका विद्यार्थीमा बेहोस हुने समस्या देखिएको छ । बुधवार एकै पटकमा ६ जान विद्यार्थी बेहोस हुने समस्या देखिएको हो । बिद्यार्थीहरुमा टाउको दुख्ने, हात गोडा बाउँडिने, शरीर आलस्य हुने र बेहोस हुने गरेको जनप्रभात निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक छत्र बहादुर राईले बताउनु भयो ।

बिरामी भएका मध्ये ४ जना विद्यार्थीको मरिण गाउँपालिकाको कपिलाकोट अस्पतालमा उपचार भइरहेको छ भने २ जनाको हरिहरपुरगढी गाउँपालिकाको पोलिक्लिनिक अस्पतालमा उपचार भइरहेको प्रधानाध्यापक राईले बताउनु भयो ।यस अघि असार महिना पनि ९ जना विद्यार्थी यस्तै समस्या देखा पर्दा बिद्यालयनै बन्द गरिएको उहाँको भनाई छ । बिद्यालयले गर्मीको कारण बिद्याथीहरुमा यस्तो समस्या भएको हुन सक्ने अनुमान गरेको छ ।

प्रतिक्रिया