सिन्धुली– जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जग्गा भोगचलन मुद्धामा सजाय तोकी फरार रहेका तीनजनलाई बुधबार पक्राउ गरेको छ । सिन्धुली जिल्ला अदालतबाट वि.सं. २०७८ भदौ २५ गते जग्गा भोगचलन मुद्दामा जनही २५ सय रुपैयाँ जरिवानाको आदेश भएपछि फरार रहेका सिन्धुलीको कमलामाई नगरपालिका १४, रानिबासका मंगले माझी, लक्ष्मी धामी र उमा कुमरलाई पक्राउ गरेको हो ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत सिन्धुलीमा बुझाइएको प्रहरी नायब उपरीक्षक मनोज कुमार लामाले बताउनुभयो । उनीहरुलाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले रानिबास क्षेत्रमा हिडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लामाले बताउनुभयो ।