सिन्धुली – सिन्धुलीमा हात्तिको आक्रमणबाट दुइ जनाको मुत्यृ भएको छ । पाँच वर्षको अवधिमा जिल्लामा हात्तिको आक्रमणबाट दुई जनाको मृत्यु भएको डिभिजन बन कार्यालय सिन्धुलीले जनाएको हो ।

सोहि अवधिमा हात्तिले २२ लाख भन्दा बढी क्षेती गरेको छ । पाँच वर्षमा हात्तिले २२ लाख ७२ हजार ३ सय ९५ रुपैया क्षेती गरेको हो । पशु, बाली, अन्न,घर, गोठ लगाएतमा हात्तिले क्षेती गरेको कार्यालयले जनाएको छ । हात्तीले गरेको क्षतीपूर्ति भने थोरैले मात्र पाएका छन् ।
जम्मा २ लाख २४ हजार २ सय मात्रै क्षेतीपूर्ति पाएका छन् । हात्तिको आक्रमणबाट मुत्यृ भएको परिवारले १० लाख पाएको डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ ।