शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

मरिणका जनप्रतिनिधिलाई आईटी सम्बन्धि अभिमुखीकरण

मंगलवार , श्रावण २४, २०७९

सिन्धुली–सिन्धुलीको मरिण गाउँपालिकाले जनप्रतिनिधिलाई सूचना प्रविधि (आईटी) सम्बन्धी अभिमुखीकरण कार्यक्रमको सुरुवात गरेको छ एक साता सम्म चल्ने कार्यक्रमको उद्घाटन बागमती प्रदेशका सांसद बुद्धिमान माझीले उदघाटन गर्नुभएको थियो ।

मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानको अध्यक्षतामा सुरु भएको कार्यक्रममा गाउँपालिकाका सबै जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो । जनप्रतिनिधिलाई सूचना र प्रविधिकोबारेमा जाकारी गराउने उद्धेश्यले संचालन गरीएको उक्त कार्यक्रममा आईटी अफिसर विनय सिंहले आईटीबारे जानकारी गराउनुभएको थियो ।

जनप्रतिनिधिहरुको हकमा समेत कम्तीमा कार्यपालिकाको सदस्यहरुलाई सूचना तथा संचार प्रविधिमा साक्षात्कार एवं साक्षर गराउन यस्ता कार्यक्रमहरु आवश्यक रहेको प्रमुख प्रसासकीय अधिकृत ओम दर्जीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आजको सूचना प्रविधिको दुनियाँमा सूचना प्रविधिको महत्व र त्यसको प्रयोगबाट गाउँपालिकाको सेवा प्रवाहलाई प्रविधिमैत्री बनाई चुस्त, छिटो, छरितो र पारदर्शी बनाउन सहयोग पुग्ने हेतुले कार्यक्रम आयोजना गरिएको हो ।’

प्रतिक्रिया