सिन्धुली – जिल्ला अदालत सिन्धुलीमा सबै भन्दा बढी सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/७९ मा २ सय ४१ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका छन् । कुल मुद्धाको १७.०५ प्रतिशत सम्बन्ध विच्छेदको मुद्धा दर्ता भएको सिन्धुली अदालतमो सोमवार आयोजित पत्रकार सम्मेलनमा श्रेस्तेदार भरत दाहालले जनकारी दिनु भयो ।
सो मध्ये १ सय ७४ थान मुद्धा फछ्र्योट भएको छ भने ६७ थान मुद्धा बाँकी रहेको श्रेस्तेदार दाहालले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष २०७७÷७८ मा १ सय ४१ वटा सम्बन्ध विच्छेदको मुद्धा दर्ता भएको थियो । एक वर्षमै सम्बन्ध विच्छेदका १ सय मुद्धा बढी आएको छ ।
कम उमेरमा विवाह गर्ने र उमेर पुगेपछि श्रीमान् श्रीमतीको सम्बन्ध राम्रो नभएपछिअदालतमा सम्बन्धविच्छदेका मुद्दा बढी आउने गरेको बताइएको छ । बालविवाह, विपन्नता, मोबाइलको दुरुपयोग, वैदेशिक रोजगारी, अशिक्षा .जस्ता कारणले सम्बन्धविच्छेदको मुद्दा बढेको बताइएको छ ।
यसैगरी एक वर्षको अवधिमा ६ सय ६८ थान मुद्धा फछ्र्योट गरेको छ । अदालतले आर्थिक वर्ष २०७८/७९ मा ६ सय ६८ थान मुद्धा फछ्र्योट गरेको सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
आर्थिक वर्ष २०७७/७८ मा ६ सय २० थान मुद्धा सरी आएको र आर्थिक वर्ष २०७८÷७९ मा ७ सय ९३ नयाँ मुदा दर्ता गरि जम्मा १ हजार ४ सय १३ मुद्धा रहेको थियो । सो मुद्धा मध्ये ६ सय ६८ थान मुद्धा मात्रै फछ्र्योट गरेको हो । ७ सय ४५ थान मुद्धा फर्छाैट हुन बाँकी रहेको सिन्धुली अदालतले जनाएको छ । अदालतले आर्थिक वर्ष २०७८/७९ मा ८ सय ४३ मुद्धा फछ्र्योट गर्ने लक्ष लिएपनि जम्मा ६ सय ६८ थान अर्थात ७९.२४ प्रतिशत मात्रै मुद्धा फछ्र्योट गरेको सिन्धुली अदालतले जनाएको छ ।
अदालतमा दुइ वर्ष नाघेको ७१ थान मुद्धामा १ सय २७ थुनुवा मुद्धा रहेको थियो । बालबालिकाको पक्षमा ४२ थान मुद्धा दर्ता भएकोमा १६ थान पर्छौट भइ २६ थान बाँकी रहेको छ । महिला पिडित भएको २ सय २४ थान मुद्धा दर्ता भएको थियो । ति मध्ये ७२ थान फछ्र्योट भइ १ सय ५२ थान बाँकी रहेको । जेष्ठ नागरिक पक्षमा १६ थान मुद्धा दर्ता भएको अदालतले जनाएको छ । यस्तै सम्बन्ध विच्छेदको २ सय ४१ थान मुद्धा दर्ता भएको थियो । सो मध्ये १ सय ७४ थान फछ्र्योट भइ ६७ थान बाँकी रहेको छ । फैसला कार्यान्वयनको लागि जम्मा १ सय २९ थान निवेदन परेकामा ६३ थान फछ्र्योट भई ६६ थान बाँकी रहेको छ । जम्मा कैदको लगत १ हजार ८८ वर्ष ५ महिना २५ दिन रहेको छ । सो मध्ये ३ सय ३५ वर्ष ६ महिना ८ दिन फछ्र्योट भएको र ७ सय ५२ वर्ष ११ महिना १७ दिन बाँकी रहेको छ ।
४ करोड ५९ लाख २७ हजार १ सय ९५ रुपैया ५४ पैसा जम्मा जरिवानामा १ करोड ९ लाख ७९ हजार २ सय २४ रुपैया ४० पैसा फछ्र्योट भएको र ३ करोड ४९ लाख ४७ हजार ९ सय ७१ रुपैया ४ पैसा बाँकी रहेको थियो । अदालतले वार्षिक ४ सय २५ वर्ष ११ महिना २४ दिन कैद फर्छाैट गर्ने लक्ष राखेको थियो सो मध्ये ३ सय ३५ वर्ष ६ महिना ८ दिन फर्छाैट भएको छ । ७८.८२ प्रतिशत मात्र फछ्र्योट भएको छ । जरिवाना तर्फ १ करोड ३४ लाख २४ हजार ८ सय १८ र फछ्र्योट गर्ने लक्ष्य लिएको थियो । १ करोड ९ लाख ७९ हजार २ सय २४ रुपैया ५० पैसा मात्र फछ्र्योट गरेको छ । कुल लक्षको ८१.७८ प्रतिशत सफल भएको छ ।
अदालतले कैद र जरिवानाको सबै लगत कम्प्युटरमा प्रविष्ट गरिएको जनाएको छ । बालबालिकाको मुद्धा हेर्न बाल इजलासको व्यवस्था रहेको, असक्त, असाहय, गरिब, थुनुवाको सहायताको लागि बैतनिक कानुन व्यवसायीको व्यवस्था गरिएको जानकारी दिएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १ सय ५५ अनुसारको सुविधा प्रदान गरेको ३१ वटा रहेको छ ।