शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा आइतवार पनि थपियो कोरोना संक्रमित

आइतवार , श्रावण २२, २०७९

सिन्धुली – सिन्धुलीमा आइतबार थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार १९ जना महिला र १७ जना पुरुष गरि जम्मा ३६ जनाको कोरोना परिक्षण गर्दा ९ जना महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जिल्लामा २९ जना महिला र २० जना पुरुष गरि जम्मा ४९ जना कोरोना संक्रमित उपचारत रहेका छन् । हाल सम्म जिल्लामा ३ हजार ९ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तिमध्ये ३ हजार ८ सय ३१ जना संक्रमणमुक्त भइसकेका छन् भने ४५ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

थप पाँच सय ५३ जनामा संक्रमण

यसैबिच देशभर पछिल्लो २४ घण्टामा पाँच सय ५३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार सात सय ८९ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ४० जनाले पिसीआर र एक हजार सात सय ४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा चार सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ७२ हजार चार सय ९७ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमितको संख्या पाँच हजार छ सय ५९ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ७१ पुगेको छ । होम आइसोलेशनमा पाँच हजार पाँच सय सात, संस्थागत आइसोलेसन एक सय ५२, आइसीयू ४५ र भेन्टिलेटरमा तीन जना संक्रमित रहेका छन् ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् भने तथा दुई सयभन्दा बढी संक्रमित रहेका जिल्लामा कास्की र मोरङ रहेका छन् । शून्य संक्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, कालिकोट र हुम्ला रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा तीन हजार १० र ललितपुर सात सय ७८ र भक्तपुरमा ९६ सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया