सिन्धुली – सिन्धुलीमा करेन्ट लागेर एक जनको मृत्यू भएको छ । तीनपाटन ७ तोश्रामाखोला पतेनीमा करेन्ट लागेर ३५ वर्षिय तीर्थ बहादुर श्रेष्ठको मृत्यु भएको हो ।
बाक्सु खोला जलविद्युत आयोजनाबाट सन्चालित विद्युतको पोल ढलेर तार बाटोमा झोल्लीएको ठाउँमा शुक्रबार बेलुकी करिब ७ बजे बाहुन तिल्पुङबाट घर कालिमाटी तर्फ जाँदै गर्दा श्रेष्ठलाई करेन्ट लागेको थियो । स्थानीयको सहयोगमा उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लाम्पन्टार ल्याउँदै गर्दा बाटौमा श्रेष्ठको मृत्यु भएको स्थानियले जानकारी दिए ।
घटनाबारे बुझ्न शनिबार विहान इलाका प्रहरी कार्यालय डकाहाका इन्स्पेक्टर राजेश कुमार वतौलाको टोली घटना स्थल पुगेको थियो । मृतक श्रेष्ठको शव प्राथमिक स्वास्थ्य केन्द्र लाम्पन्टारमा पोष्ट मार्टम गरिएको छ ।
वर्षातको समयमा तीनपाटनमा धेरै जस्तो ठाउँमा विद्युतको तार झोल्लीएको अवस्थामा रहँदा पनि सम्बन्धीत नियकाले समयमै ध्यान नदिँदा स्थानियले करेन्टबाट ज्यान गुमाउने गरेका छन् ।