शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थागित

शुक्रवार , श्रावण २०, २०७९

सिन्धुली – सिन्धुलीमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य रोकिएको छ । आगामी मंसिर ४ गते प्रदेश र प्रतिनि सभाको निर्वाचनको मिति घोषण भइसकेकाले मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य रोकिएको विहिबार निर्वाचन कार्यालय सिन्धुलीले एक सुचना निकाली जानकारी दिएको छ ।

मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदपा (२) को खण्ड (२) अनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैनको व्यवस्था अनुसार विहिबार देखिनै नाम दर्ता कार्य स्थगित भएको जनाइएको छ ।

“अर्को व्यवस्था नभए सम्मको लागि यस कार्यालय तथा जिल्ला प्रशासन कार्यालय, सिन्धुलीबाट भईरहेको मतदाता नामावली संकलन, र सोही ऐनको दफा १ बमोजिम विवाह वा बसाईसरेको कारणले मतदाता नामावलीमा ठेगाना परिवर्तनको लागि निवेदन लिने काम समेत स्थगन गरिएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ,” सुचनामा भनिएको छ ।

प्रतिक्रिया