सिन्धुली – कमलामाई नगरपालिकाले दिर्घ रोगीलाई मासिक भत्ता वितरण गर्ने भएको छ । मृगौला प्रत्यारोपण गरेका, डायलासिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका विरामीलाई मासिक पाँच हजार उपचार खर्च उपलब्ध गराउने भएको हो ।
नगरपालिकाले एक सुचना निकाल्दै उपचार खर्चकालागि मासिक पाँच हजार उपलब्ध गराउनुपर्ने विरामीहरुलाई विरामीको विवरण सहित नगरपालिको स्वास्थ्य शाखामा आउन अनुरोध गरेको छ ।
“मृगौला प्रत्यारोपण गरेका,डायलाइसिस गरिरहेका,क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधि उपचार वापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यबिधि,२०७८ कार्यान्वयनको लागि वडा तहमा रहेका लाभग्राहीहरुको विवरण संकलन गरी संलग्न अनुसूचीहरु स्पष्ट भरी दोहोरो भत्ता प्राप्त नहुने गरि राष्ट्रिय बाणिज्य बैंकको खाता नम्बर र चेकको फोटोकपि संलग्न राखि मासिक पांच हजार भत्ता उपलब्ध गराउनुपर्ने विरामीहरुको विवरणहरुको हार्डकपि र सफ्टकपि त्रैमासिक रुपमा कमलामाई नगरपालिकाको स्वास्थ्य शाखामा उपलब्ध गराउनु अनुरोध गरिन्छ ,” नगरपालिकाले निकालेको सुचनामा भनिएको छ ।